images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनीले लिमिटेडले बिजुली बेचेर ६ महिनामा ६२ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्ममा सो आम्दानी गरेको हो ।

कम्पनीले याे अवधिमा विद्युत बिक्रीबाट ६२ करोड ६६ हजार ७ सय रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरण उल्लेख छ । याे वर्ष गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको देखिएको छ । कम्पनीले गत वर्ष विद्युत् बिक्रीबाट २७ करोड ४२ लाख ५० हजार ३ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । गत वर्ष ६ करोड २३ लाख ९३ हजार ५ सय रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले यो अवधिमा ७ करोड ९४ लाख ५३ हजार ४ सय रुपैयाँ खुद नाफा कमाएको छ । 

कम्पनीले हालसम्ममा ८.५ मेगावाटको नौगड गाड, ८ मेगावाटको अपर नौगड गाड र ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी  सञ्चलान गरिरहेको छ । साथै, ४ मेगावाटको चन्द्रनिगारपुर सौर्य आयोजना, १ मेगावाटको ढल्केबर सौर्य आयोजना र १ मेगावाटको सिमरा सौर्य आयोजना पनि सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit