विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तेस्राे लगानी सम्मेलन–२०२४

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी लगानीकर्ताका लगानीलाई बाधा उत्पन्न नहुने गरी सबै राजनीतिक दल मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइतबार उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेसले नै नेपालमा खुला बजार नीति ल्याएको भन्दै त्यसपछि नै नेपालमा विदेशी लगानीका लागि खुला गरिएको बताए । अहिले पनि नीतिगत सुधारका कामहरू बाँकी रहेको उनको भनाइ छ । कांग्रेसले सुरु गरेको सुधारले पूर्णता अझै पूर्णता नपाएको भन्दै सरकारसँग सहकार्य गरेर आर्थिक सुधारलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै लगानीका लागि हिचकिचाउनु नपर्ने जनाए ।

‘अर्थतन्त्र सुधारमा सरकारले सकारात्मक सहकार्य अगाडि बढाउन आवश्यक छ,’ उलने भने, ‘नेपालमा लगनीकर्ता भित्र्याउन राजनीति दलहरूमा कुनै पनि विवाद पनि छैन । लगानीकर्ताले लगानी गर्न हिचकिचाउनु पर्दैन ।

नेपाल भारत र चीनको बीचमा रहेकोले बजारका हिसाबले यो क्षेत्र विश्वका लगानीकर्तालाई अवसरपूर्ण रहेको बताए । नेपालमा पूर्वधार नेपालको पर्यटन, ऊर्जा, उत्पादन क्षेत्र, खानी, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको ठूलो अवसर रहेका बताए ।

नेपालमा अहिले धेरै दक्ष जनशक्ति रहेको र नेपाल धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन चाहिरहेको उनले बताए । ‘यसका लागि नेपाली कांग्रेसले वर्तमान सरकारलाई सहयोग पनि गर्दछ,’ उनले भने, ‘नेपालमा अहिले धेरै पीपीपी मोडलमा परियोजनाहरू अगाडि बढेका छन् । धेरैजसो काम म प्रधानमन्त्री हुँदा अघि अगाडि बढेका हुन् । अझै पनि छिटो छरितो लाइसेन्स र अनुमतिमा समस्या रहेको बताउँदै उनले त्यसमा सुधारको काम भइरहेको जनाए । 

विदेशी लगानीकर्ताका लागि आवश्यक अन्य नीतिगत सुधारको काम निरन्तर भइरहेको उनले बताए । नेपालमा धेरै बहुराष्ट्रिय कम्पनीले राम्रो लाभांश लिइरहेको अवस्था हेरेर पनि यहाँ लगानी उपयुक्त रहेको स्पष्ट हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit