images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण अनुसार  खुद नाफा कमाएको देखिएको हो । 

असारसम्मको अवधिमा ६१ करोड ११ लाख २१ हजार ५ सय ३८ रुपैयाँ खुँद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नाफा गत वर्षको तुलनामा बढेको देखिएको छ । गत वर्ष कम्पनीले ११ करोड १९ लाख ३९ हजार ६ सय ९३ रुपैयाँ खुँद नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्री गरी १ अर्व २३ करोड ४४ लाख १६ हजार ३ सय ५२ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको छ । गत वर्ष १६ करोड ८२ लाख १६ हजार ३ सय ४८ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको म्याग्दी जिल्लामा रहेको ४२ मेगावाटको मिस्त्री खोला आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७८ असारदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

यस्तै, रुरु जलविद्युत परियाेजना कम्पनी लिमिटेडले पनिअसारसम्मको अवधिमा ९ करोड ३० लाख ९० हजार १ सय ८२ सय रुपैया खुद नाफा कमाएको आर्थिक वर्ष २०७८/७९ को विवरणमा उल्लेख छ । कम्पनीका अनुसार नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ७ करोड १३ लाख १७ हजार ८ सय २७ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीकोे यो अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको हो  । यस अवधिमा विद्युत बिक्री गरी १६ करोड १९ लाख २५ हजार ५ सय ३९ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष विद्युत बिक्री गरी १४ करोड ९६ लाख २६ हजार ४ सय ४३ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको गुल्मी जिल्लामा रहेको ५ मेगावाटको अप्पर होंग्दी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ चैत ९ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit