विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न भदौ १० गते साधारणसभा गर्न लागेको हो ।

सभामा सुनकोसी हाइड्रो पावर कम्पनी लिमिटेडको प्राप्ति पश्चात कायम हुने आउने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १०ः५ को अनुपातका हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव  पारित गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

यस्तै, कम्पनीको सय रुपैयाँ अंकित २२ हजार ४ सय ७० कित्ता साधारण सेयरलाई व्यवस्थापन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धको प्रतावमा पनि छलफल गरिनेछ । कम्पनीको कल इन एरियरस् को हिसाव मिलान गर्नका लागि उक्त सेयर सञ्चालक समितिलाई अख्तियार दिने भएको हो ।

सुनकोसी ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको प्रवद्र्धक हो । निर्माणाधीन अवस्थामै अनुमतिपत्र खारेज भएको आयोजना अहिले पुनः नेशनलको स्वामित्वमा आइसकेको छ ।

कम्पनीले साधारणसभा र बोनस वितरण प्रयोजनका लागि भदौ २ गते बुक क्लोज गर्नेछ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालना छ । भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit