विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इलाम जिल्लाको माई खोलामा दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमाल–दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले कानुन मिचेर हकप्रद सेयर निष्कासन गर्न लागेपछि सेयर कारोबार रोक्का भएको छ । कम्पनीले प्रक्रिया पूरा नगरी शनिबार (साउन १४ गते) हकप्रद सेयर निष्कासनको सूचना निकालेपछि नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से) ले आइतबार कारोबार रोक्का गरेको हो ।

कुनै पनि सूचीकृत कम्पनीले साधारण वा हकप्रद सेयर निष्कासन गर्दा नेप्से तथा विद्युत नियमन आयोगबाट अनुमति लिएरमात्र प्रक्रिया अगाडि बढाउनुपर्ने प्रावधान छ । तर, हिमाल–दोलखाले यी कुनै पनि प्रक्रिया पूरा नगरेको हुँदा आइतबार सूचना निकालेर नेप्सेले उसको सेयर कारोबार रोक्का गरिदिएको छ ।

यसैगरी, कम्पनीले आयोगबाट समेत हकप्रद सेयर निष्कासनको स्वीकृति लिएको छैन । कानुनविपरित किन प्रक्रिया अगाडि बढाउनुभयो भनेर कम्पनीका कम्पनी सचिव किशोर कार्कीलाई सोध्दा उनले भने– छिटो साधारणसभा गर्नुपर्ने हुँदा नेप्सेमा जानकारी दिन ढिला भएकोले कारोबार रोक्का भएको छ ।

प्रक्रिया पूरा भएपछि भोलि (साउन १६ गते) सेयर कारोबार फुकुवा हुने कार्कीको भनाइ छ । तपाईंहरूले आयोगबाट पनि स्वीकृति लिनुभएको छैन नि भन्ने प्रश्नमा उनले माथिकै जवाफ दोहोर्याए– हामीले आयोगमा पनि निवेदन दर्ता गरेका छौं । साधारणसभामा जान ढिला भएको हुँदा सभापछि स्वीकृति लिनेछौं ।

यस विषयमा आयोगका सचिव गोकर्णराज पन्थसँग जानकारी लिँदा उनले पनि कम्पनीले स्वीकृति नलिई हकप्रद सेयर निष्कासनको सूचना निकालेको पुष्टि गरे । ‘सञ्चालक समितिबाट निर्णय गराएर वार्षिक साधारणसभामा एजेण्डा लैजाने स्वीकृतिका लागि आयोगमा निवेदन दिनुपर्छ तर कम्पनीले पहिला सूचना निकालेर निवेदन दिएको देखियो,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘अब हामीले पहिला सञ्चालक समितिको निर्णय माग्छौं, अनि बल्ल प्रक्रिया अगाडि बढ्छ ।’

कम्पनीले इलाममा ४.५ मेगावाटको माइ खोला स्मल र ८ मेगावाटको माई स्मल क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाबाट विद्युत उत्पादन भएको ३ वर्षसम्म संस्थापक सेयर बेचबिखन गर्न नपाइने प्रावधान रहेको छ । आयोजना सञ्चालनमा आएको आगामी भदौ ३ गते ३ वर्ष पुग्ने हुँदा बजार मूल्य बढाएर (म्यानुपुलेट गरेर) संस्थापक सेयर बेच्ने दाउमा कम्पनीले कानुन मिचेको एक सेयर विश्लेषकको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३