विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा अहिलेसम्म ४० जलविद्युत् कम्पनी सूचीकृत छन् । ती मध्ये आधाभन्दा बढीले जलविद्युत् आयोजना निर्माण गरी डेढ दशकदेखि सञ्चालन गरिरहेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् बेचेर आम्दानी भइरहे वा तिनले निरन्तर कमाइरहे पनि तिनले आजसम्म साधारण लगानीकर्ता अहिलेसम्म १ रुपैयाँ पनि लाभांश नदिएको पाइएको छ । तिनले अहिलेसम्म कम्पनीको न १ प्रतिशत बोनस सेयर नै दिएका छन् ।

डेढ–दुई दशक अगाडि जलविद्युत् आयोजनाको लागत त्यति महँगो थिएन । निर्माण सामग्री, अन्तर्राष्ट्रिय बजारबाट भित्र्याइने टर्बाइन, जेनेरेटरलगायत फलामजन्य उपकरण, सिमेन्टको मूल्य आकासिएको थिएन । आज प्रतिबोरा करिब हजार रुपैयाँ पर्ने सिमेन्ट त्यतिबेला ३–४ सय रुपैयाँमा पाइन्थ्यो ।

लागत महँगो नहुँदा, निर्माण सामग्रीको बजार भाउ सस्तो हुँदा पनि किन आयोजना निर्माणकर्ता कम्पनीले प्रतिफल कमाउन सकेनन् ? किन सामान्य नागरिक यसबाट लाभान्वित हुन सकेनन ? आजसम्म यी प्रश्नको जवाफ कमै खोज्ने प्रयास गरिएको छ ।

निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरेको भर्खर २–३ वर्ष भएका कम्पनीले लाभांश र बोनस सेयर दिन नसक्नु स्वभाविक नै हो । कतिपय निर्माणमा रहेका कम्पनीले पनि मुनाफा दिन नसक्नुलाई अन्यथा मान्न नसकिएला । तर, वर्षौंदेखि विद्युत् उत्पादन गरिरहेका, आम्दानी गरिरहेका कम्पनीमा किन समस्या ? यी प्रश्नको जवाफ अब खोज्नुपर्ने बेला आएको छ ।

एकातिर, आयोजना सञ्चालन गरिरहेका कम्पनीले लगानीकर्तालाई कुनै प्रतिफल दिइरहेका छैनन् । तिनका मुख्य लगानीकर्ता (मालिक लगानीकर्ता) ले कुनै न कुनै उपायबाट आफ्नो रकम उठाइसकेका छन् । यस्ता कम्पनीको वित्तीय विवरण पनि आकर्षक देखिँदैन । विडम्बना, यस्तै कम्पनीको अहिले पुँजी बजारमा सेयरको मूल्य आकासिएको छ ।

नेप्सेको नियमअनुसार बैंक वित्तीय संस्था जस्तै जलविद्युत् कम्पनीले पनि हरेक ३–३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । तर, यसमा पनि धेरै जलविद्युत् कम्पनीहरू चुकेको देखिन्छ ।

मंगलबार सेयर लगानीकर्ता केशव कोइरालाले ३ कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरी बजारमा भ्रम सिर्जना गर्न खोजेको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा उजुरी दिए । खानी खोला, जोशी हाइड्रो पावर र हिमाल दोलखा हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्न पनि उनले निवेदन गरेका छन् । जलविद्युत् कम्पनी वा त्यसका मुलीहरूले धेरै पहिलादेखि बदमासी गर्दै आएका थिए र छन् भन्ने यो घटनाले पनि पुष्टि गर्छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले लगानीकर्तालाई वार्षिकरूपमा प्रदान गरेको लाभांश तथा बोनस सेयरको विवरण सेबोनमा बुझाएको देखिन्छ । सेबोनबाट प्राप्त विवरणअनुसार नेप्सेमा सूचीकृत ४० कम्पनी मध्ये अहिलेसम्म २६ वटाले लाभांश र बोनस सेयर केही पनि दिएका छ्रैनन् । यस्तै, १२ वटाले लाभांश र बोनस सेयर दुवै दिएका छन् । र, एउटाले बोनस सेयरमात्र र एउटाले नगद लाभांशमात्र दिएको देखिन्छ ।

लाभांश तथा बोनस सेयर नदिने २६ कम्पनीमध्ये ९ वटाले आयोजना निर्माण गरिरहेका छन् । यिनले आम्दानी नगरी दिने कुरा रहेन । बाँकी १७ कम्पनीले अहिलेसम्म १ रुपैयाँ लाभांश र १ प्रतिशत पनि बोनस सेयर नदिएको सेबोनबाट प्राप्त विवरणमा उल्लेख छ ।

प्रतिफल नदिने कम्पनीहरू

क्र.स. कम्पनीकाे नाम आयाेजना क्षमता (मेगावाट)
आँखु खाेला जलविद्युत् कम्पनी लि. आँखु खाेला-१
दिव्यश्वरी हाइड्राे पावर डेभलपमेन्ट कम्पनी लि. सभा खाेला ३.३
३. घलेम्दी हाइड्राे पावर कम्पनी लि. घलेम्दी
४. हिमाल दाेलखा हाइड्राे पावर कम्पनी लि. माइ र माइ क्यासकेड ४.५ र ८
५. जाेशी हाइड्राे पावर कम्पनी लि. अप्पर पुवा-१
६. खानी खाेला हाइड्राे पावर कम्पनी लि. टुंगुन/ठाेस्ने र खानी खाेला ४.३६ र २
७. माउन्टेन हाइड्राे नेपाल लि. तल्लाे हेवा २१.६
८. नेशनल हाइड्राे पावर कम्पनी लि. इन्द्रावती-३
९. पञ्चकन्या माई हाइड्राे पावर कम्पनी लि. माथिल्लाे माई १२
१०. पाँचथर पावर कम्पनी लि. हेवा खाेला १४.९
११. रैराङ हाइड्राे पावर डेभलपमेन्ट कम्पनी लि. इवा खाेला ९.९
१२. रुरु जलविद्युत् कम्पनी लि. हुग्दी खाेला
१३. युनियन हाइड्राे पावर कम्पनी लि. मिदिम खाेला
१४. युनाइटेड इदी मर्दी आरबी हाइड्राे पावर लि. माथिल्लाे मर्दी
१५. कालिका पावर कम्पनी लि. दराैंदी ए
१६. माउन्टेन इनर्जी कम्पनी लि. मिस्ट्री खाेला ४२
१७. शिवश्री हाइड्राे पावर कम्पनी लि. माथिल्लाे चाकु ए २२.२

 

माउन्ट हाइड्रोले २०७६ साउन, आँखु खोलाले २०७० भदौ, दिव्यश्वरीले २०७४ असोज, घलेम्दीले २०७६ फागुन, हिमाल दोलखाले २०६४ माघमा माईले र २०७४ चैतदेखि माइ क्यासकेड सञ्चालन गरिरहेका छन् । यस्तै, जोशी हाइड्रोले २०७१ माघ, खानी खोलाले २०७३ मंसिर, नेशनल हाइड्रोले २०५९ असोज, पाँचथर पावरले २०७४ बैशाख, रैराङले २०७६ असोज, रुरुले २०७१ चैत, युनियन हाइड्रोले २०७४ माघ, युनाइटेड इदी मर्दीले २०७६ असोज र कालीका पावरले २०७३ कात्तिकदेखि आयोजना सञ्चालन गरिरहेका छन् ।

शिवश्री र माउन्टेन इनर्जीले क्रमशः २०७७ चैत ८ र गत बैंशाख ३१ गतेमात्र आयोजनाको विद्युत् ग्रिडमा जोडेका छन् । यसमध्ये माउन्टेन इनर्जी निकै सस्तो लागतमा निर्माण भएको हुँदा यसले आगामी आर्थिक वर्षदेखि नै लगानीकर्तालाई प्रतिफल दिन सकिने बताउँदै आएको छ ।

प्रतिफल दिने कम्पनीहरू

क्र.स. कम्पनीकाे नाम आयाेजना क्षमता (मेगावाट) आव २०७६/७७ आज २०७५/७६
१. अपि पावर कम्पनी लि. नाैगड गाड र माथिल्लाे नाैगड गाड ८.५ र ८ ९% बाेनस सेयर ५% बाेनस सेयर
२. अरुण काबेली पावर लि. काबेली बी-१ २५

५.७१% बाेनस सेयर/०.२९% नगद लाभांश

 
३. अरुण भ्याली डेभलपमेन्ट कम्पनी लि. पिलुवा खाेला ५% बाेनस सेयर/०.२६% नगद लाभांश ७% बाेनस सेयर/०.३७% नगद लाभांश
४. बरुण हाइड्राे पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. हेवा खाेला ४.४४५ ५% बाेनस सेयर/०.२६% नगद लाभांश  
५. बुटवल पावर कम्पनी लि. आँधीखाेला र झिमरुक खाेला ९.४ र १२.५ १०% बाेनस सेयर/१५% नगद लाभांश १०% बाेनस सेयर/१८% नगद लाभांश
६. छ्याङ्दी हाइड्राे पावर कम्पनी प्रा.लि. छन्दी खाेला ५% बाेनस सेयर/०.२६% लाभांश ५% बाेनस सेयर/०.२६% नगद लाभांश
७. चिलिमे जलविद्युत् कम्पनी लि. चिलिमे खाेला २२ १०% बाेनस सेयर/१०% नगद लाभांश २०% बाेनस सेयर/५% नगद लाभांश
८. ङादी ग्रुप प्रा.लि. सिउरी खाेला १०% बाेनस सेयर/०.५३% नगद लाभांश १०% नगद लाभांश
९. राधी विद्युत् कम्पनी लि. राधी स्मल ४.४ ३६.५% बाेनस सेयर  
१०. रिडी हाइड्राे पावर डेभलपमेन्ट कम्पनी लि.  रिडी खाेला २.४ ५% बाेनस सेयर/०.२६% नगद लाभांश ५.२६% नगद लाभांश
११. सानिमा माइ हाइड्राे पावर लि. सुनकाेसी, माई र माई क्यासकेड २.६, २२ र ७ १०% बाेनस सेयर/५% नगद लाभांश १०% बाेनस सेयर/०.५३% नगद लाभांश
१२. सिनर्जी पावर डेभलपमेन्ट प्रा.लि. सिप्रिङ खाेला १० ४.७५% बाेनस सेयर/०.२५% नगद लाभांश  
१३. युनाइटेड माेदी हाइड्राे पावर प्रा.लि. तल्लाे माेदी-१ १० ५.२६% नगद लाभांश ८.४२% नगद लाभांश
१४. नेपाल हाइड्राे डेभलपर प्रा.लि. चर्नावती ३.५२ ४% बाेनस सेयर/०.२१% नगद लाभांश (आ २०७४/७५)  

स्राेत : सेबाेन

बाेनस सेयर र नगद लाभांश दिने कम्पनीहरूले पछिल्लाे करिब ७-८ वर्षभित्र आयाेजना निर्माण गरी सञ्चालन गरिरहेका छन् । जसले बैंककाे ऋण पनि निरन्तर तिरिरहेकाे देखिन्छ । ती कम्पनीहरूमा सुशासन, पारदर्शिता र व्यवस्थापन प्रभावकारी रहेकाे पनि देखिएकाे छ ।

आयाेजना निर्माण गरिरहेका कम्पनीहरू

क्र.स. कम्पनीकाे नाम आयाेजना क्षमता (मेगावाट)
१. ग्रिन लाइफ हाइड्राे पावर कम्पनी लि. खानी खाेला-१ ४०
२. हिमालयन ऊर्जा विकास कम्पनी लि. उपल्लाे खिम्ती र माथिल्लाे खिम्ती १२ र ७
३. हिमालयन पावर पार्टनर लि. दाेर्दी खाेला २७
४. लिवर्टी इनर्जी हाइड्राे पावर प्रा. लि. माथिल्लाे दाेर्दी ए २५
५. रसुवागढी हाइड्राे पावर कम्पनी लि. रसुवागढी १११
६. सान्जेन जलविद्युत् कम्पनी लि. सान्जेन र माथिल्लाे सान्जेन ४२.५ र १४.८
७. सिंगटी हाइड्राे इनर्जी लि. सिंगटी खाेला  २५
८. युनिभर्सल पावर कम्पनी लि. तल्लाे खारे खाेला ११
९. अप्पर तामाकाेसी हाइड्राे पावर लि. माथिल्लाे तामाकाेसी ४५६

 

प्रतिफल दिने १४, प्रतिफल नदिने १७ कम्पनीहरू बाहेकका ९ कम्पनीले आयोजना निर्माण गरिरहेका छन् । ५० प्रतिशत आयोजना निर्माण गरेका वा निर्माणको अन्तिम चरणमा पुर्याएका कम्पनीले सेयर जारी गर्नासाथ प्रतिफल दिने कुरा हुँदैन । आयोजनाबाट विद्युत् उत्पादन भएपछि त्यो बेचेर बैंकको ऋण तिर्दै प्रतिफल दिने आधार बन्दै जान्छ ।

याे पनि पढ्नुहाेस्

जलविद्युत् कम्पनीले बदमासी गरेपछि लगानीकर्ता धितोपत्रमा, ३ कम्पनीको कारोबार रोक्न उजुरी

जलविद्युत् सेयरमा माफियागिरी, लगानीकर्ता होशियार !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit