विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं ।  सयपत्री हाइड्रो पावर लिमिटेडकाे सेयर बाँडफाँड भएकाे छ । कम्पनीले गत साउन १३ गतेदेखि  १७ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेकाे सेयर बाँडफाँड गरेकाे हाे ।

बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले १० कित्ता सेय्रर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता सेयर पाएका छन् ।

 कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि बिक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ लाख ६० कित्ता सेयर निष्कासन गरेकाे थियाे । सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोषको लागि र ३ प्रतिशत अर्थात १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी, ६ लाख ७० हजार ५ सय ८६ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ ।  कम्पनीले बाग्लुङ जिल्लाको दरम खोलामा रहेको २.५ मेगावाटको दरम खोला–ए जलविद्युत केन्द्रले २०७३ असार १२ गतेबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका कुल लागत ५३ करोड ४५ लाख रहेको छ भने प्रतिमेगावाट लागत खर्च २१ करोड ३८ लाख खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit