विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर लोहरे खोला हाइड्रो पावर कम्पनी लिमिटेडको ५ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूजीको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४ सय रकम बराबरको सय रुपैयाँ अंकति ५ लाख ९ हजार ८ सय ४ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार निष्कासित सेयरमध्येको ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९ सय २ कित्ता सेयर अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नम्बर ३ का स्थानीयवासीहरुका लागि र ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९ सय २ कित्ता सेयर दैलेख जिल्लाको स्थानीयबासीहरुका लागि निष्कासन गरेको गरिएको हो । 

यसैगरी, जारी पुँजीको १० प्रतिशत अर्थात १ करोड ९८ लाख ८२ हजार ४ सय रकम बराबरको सय रुपैयाँ अंकित १ लाख ९८ हजार ८ सय २४ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरिएको छ । 

प्रभावित स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा असार २१ गतेसम्म र ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले असार २१ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दैलेख जिल्लामा ४ मेगावाटको माथिल्लो लोहरे खोला जलविद्युत आयोजना निर्माणाधीन छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit