images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पोखरा र भरतपुरको विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्य तिव्र गतिमा अघि बढेको छ । २०७८ माघमा ठेक्का लागेको यो आयोजनाले कार्यान्वयनमा बल्ल गति लिएको हो ।

६ महिनाअघि देखि निर्माण थालिएको भरतपुर क्षेत्रको भूमिगत वितरण लाइनको ५० प्रतिशत काम पूरा भएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले बताए । पोखरा क्षेत्रको पनि २५ प्रतिशत पूरा भएको छ ।

‘गत भदौसम्ममा आयोजनाको भौतिक प्रगति सुस्त थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘पछिल्लो समय कामले गति लिएको छ, तिहारपछि अझ दु्रत हुन्छ ।’ कामको पूर्वयोजना र डिजाइन परिमार्जन गर्नुपर्दा पनि केही बढी समय लागेको उनले जानकारी दिए ।

पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नम्बर १५, १६ र १७ मा पाइप विछ्याउने काम भइसकेको छ । ‘तिहारलगत्तै तार विछ्याउने काम सुरु हुन्छ, पोखराको मुख्य सहरी क्षेत्र छिट्टै तारमुक्त बन्दैछ’, उनले भने, ‘निर्धारित समयभन्दा केही पछाडि धकेलिए पनि अब काममा ढिलाइ हुँदैन, निर्माण कम्पनी पनि यसमा प्रतिबद्ध छ ।’

दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले २०७८ माघमा ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि बल्ल आयोजनाको काम सुरु भएको थियो । इञ्जिनीयरिङ डिजाइन, उपकरण खरिदलगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको जनाइएको छ । आयोजनालाई चाहिने तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो ।

आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जना चोक, राष्ट्र बैंक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुङ्गालगायत क्षेत्रमा पनि तार भूमिगत गरिने भएको हो । यसैगरी, भरतपुरको पनि सेन्ट्रल बसपार्कदेखि पूर्वतर्फ ढेड किलोमिटर क्षेत्रमा पनि तार भूमिगत हुने भएको छ ।

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा १ अर्ब ३० करोड र भरतपुरका लागि १ अर्ब २० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । दुवै क्षेत्रमा भूमिगत गर्नुपर्नु क्षेत्र थप भएकोले लागत पनि ५/५ प्रतिशतले बढ्ने अनुमान रहेको सुवेदीले बताए ।

दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको छ । तार बिछ्य्याएपछि ग्राहकको घर–घरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । अहिले दुवै क्षेत्रको काम तिव्र गतिमा अघि बढेकोले बाँकी काम ६ देखि ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि सुवेदीले बताए ।

प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख राजिवकुमार सिहका अनुसार विद्युत् लाइन जमिनमुनि विछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ । तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुनेछ । केन्द्र अन्तर्गत अहिले ९७ हजार ग्राहक छ्न् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit