विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तल्लो हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । पाँच खपन हाइड्रोपावर प्रालिले संखुवासभाको वाना, बानेश्वर, जलजला र चैनपूरमा प्रवर्द्धन गर्न लागेको ६.८४८ मेगावाटको आयोजनामा लगानी जुटेको हो । 

कुल १ अर्ब ४० करोड ३५ लाख रुपैयाँ लगानी अनुमान गरिएको आयोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको हो । आयोजनामा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख रुपैयाँ लगानी गर्ने गरी आइतबार ऋण सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका ऋण प्रमुख अमित श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका दामोदर ज्ञवाली र पाँच खपन हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष बसन्तकुमार तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले यस आयोजना २०८३ चैत्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरको ३३ केभी वानेश्वर सबस्टेसनमा जोडिने छ ।

कार्यक्रममा सिदार्थ बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र पाँच खपन हाइड्रोपावर प्रालिका निर्देशक उदयकान्त झाको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३