विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निको इनर्जी प्रालिले ४.५ मेगावाटको माथिल्लो भुरुण्डी–ए जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले कास्की जिल्लामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न विभागमा आवेदन दिएको हो । 

गण्डकी प्रदेश, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका भएर बग्ने भुरुण्डी खोलामा पहिचाना भएको आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पुरा भएको आयोजना अघि बढाउन लागेको हो । 

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभाले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ । 

राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यलयमा प्राप्त हुने गरी पठाउनु पर्ने विभागले जनाएको छ । यो आयोजना नदी प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको भएको र यसको जडित क्षमता ४.५ मेगावाट हुनेछ । 

आयोजनाको डिजाइन वहाव १.८० घनमिटर प्रति सेकेन्ड र कुल हेड ३१३.५० मिटर रहेनेछ । यस आयोजनाबाट वार्षिक सरदर २४.३३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरु भुरुण्डी खोलाको दाँया किनारमा समुन्द्री सतहबाट १६८९.०० मिटर उचाईमा र विद्युत गृह भूरुण्डी खोलाको दाँया किनारमा समुन्द्री सतहबाट करिब १३७५.५० मिटर उचाईमा पर्दछ । यस आयोजनाको प्रमुख संरचनाहरुमा इन्टेक, बालुवा थेग्राउने पोखरी, हेडरेस पाइप, पेनस्टक पाइप र विद्युतगृह कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । 

विद्युत गृहमा जडित २ वटा २२५० किलोवाट क्षमताको पेल्टन टर्वाइनहरुमा पानी खसाली सो टर्वाइनसँग जोडिएको २ वटा ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

उत्पादित ऊर्जालाई ९.६ किलोमिटर लामो ३३ केभीको स्वीच्यार्डमा जडान हुने सिंगल सर्किट प्रसारण लाइन मार्फत दिमुवा सबस्टेसनमा जोडिनेछ । यो आयोजनाबाट २०८४ कार्तिक ७ गते निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit