विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आगामी ८ वर्षभित्र ७३ लाख घरधुरीमा वैकल्पिक ऊर्जाबाट विभिन्न सेवा पुर्याउने योजना बनाएको छ । केन्द्रले वायु, साेलार, बायाेग्यास, लघुजलविद्युतबाट सेवा विस्तार गर्ने याेजना बनाएकाे हाे ।

अागामी २०३० भित्रमा उक्त घरधुरीमा सेवा विस्तार गर्ने याेजना रहेकाे केन्द्रले जनाएकाे छ । ४० लाख घरधुरीमा भने आधुनिक प्रवृत्तिको चुलो पुर्याउने योजना बनाएको हो । सुधारिएकाे चुलाे, विद्युीय चुलाे, वायाेग्यासले परम्परागत ऊर्जालाइ विस्थापित गर्ने लक्ष्य राखिएकाे केन्द्रले जनाएकाे छ ।

केन्द्रले हालसम्म ४ लाख ३९ हजार ५ सय ४७ घरधुरीमा ग्रामीण वायोग्यासबाट सेवा पुर्याएकाे छ । यस्तै, १४ लाख २३ हजार २ सय ४३ घरधुरीमा सुधारिएको चुलो र २२ हजार ६ सय ९९ घरधुरीमा विद्युतीय चुलाे पुर्याएकाे छ ।

हालसम्ममा ३६ लाख बढी घरधुरीमा वैकल्पिक ऊर्जाबाट सेवा पुर्याएको केन्द्रले जनाएको छ । केन्द्रको अनुसार विद्युत सेवा नपुगेको दुर्गम क्षेत्रमा सौर्य, वायु, लघुजलविद्युत तथा जैविक ऊर्जाबाट ८० मेगावाट विद्युत उत्पादन गरी सेवा पुर्याएको हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit