images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड जलविद्युत आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन जलविद्युत आयोजनामा स्वपुँजी लगानी जुटाउन सेयरधनीका लागि हकप्रद सेयर निष्कासन अनुमति पाएको हो ।

सेयरधनीका लागि चुक्ता पुँजीको  १ः०५ (५० प्रतिशत) सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको पाँचथरमा निर्माणाधीन आयोजना ६० प्रतिशत पूरा भएको छ । निर्माणाधीन आयोजनाबाट २०७८ असोजदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंक अफ काठमाडौं र कुमारी बैंकको ऋण लगानी छ । बाँकी ६० करोड रुपैयाँ स्वपुँजी लगानी छ । यो आयोजना सम्पन्न भएपछि १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit