विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतित बोनस सेयर वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट उक्त सेयर वितरण गरेको हो ।

कम्पनीले यसअघि नै उक्त बोनस सेयरको कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कात्तिक २ गते सम्पन्न २५औँ वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर तथा लाभांश वितरणको निर्णय कम्पनीले हाल कार्यान्वयन गरेको हो । 

कम्पनीले नगद लाभांश कात्तिक १४ गतेदेखिनै वितरण गरेको थियो । बोनस सेयर भने दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गरेको हो । कम्पनीले दोस्रो बजारमा फागुन १७ गते बोनस सेयर सूचीकृत गराई फागुन १९ गतेदेखि सम्बन्धित सेयरधनीको हितग्राही खातामा बोनस सेयर वितरण गर्न थालेको हो ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २० गतेसम्म कायम सेयरधनीह मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । कम्पनीको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कास्कीमा ४.५ मेगावाटको विजयपुर–१ साना जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३