images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कोसी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु खण्डको निर्माण पूरा भएको छ । स‌ंखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएकाे हाे ।

तमोर नदी र त्यसका सहायक खोलानालाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु डबल सर्किट लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु लाइनको लम्बाइ ३५ किलोमिटर छ ।

१२७ वटा टावर निर्माण गरिएकाे लाइन अन्तर्गत वसन्तपुर सबस्टेसनमा ६ वटा ‘बे’ विस्तार भइरहेको छ । त्यसमध्ये ३ वटा ‘बे’ का उपकरण जडान र परीक्षण कार्य भइरहेको छ । उक्त कार्य आगामी चैत पहिलो साताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुङ्गेसाँघु लाइन निर्माण सम्पन्न भएपछि मुख्य रूपमा सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए ।

‘वसन्तपुर–ढुङ्गेसाँघु लाइनमा केही साताभित्रमा मध्य तमोरको विद्युत् जोडिने छ, आयोजनाको हाल अन्तिम चरणका परीक्षण भइरहेको जानकारी पाएका छौं,’ उनले भने, ‘आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा ‘बे’ विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्य भइरहेको छ । मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने वेलासम्ममा वसन्तपुर सबस्टेसनमा ‘बे’ विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ ।’

‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनु पर्ने अवस्था छ । मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’

कोसी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु लाइन र ढुङ्गेसाँघुमा १३२/३३ केभी सबस्टेसनको निर्माण केइसी इन्टरनेशनल भारतले गरिरहेको छ । यसका लागि २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो ।

प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुङ्गेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुङ्गेसाँघु लाइन निर्माण गरिएको हो ।

कोसी कोरिडोर प्रसारण लाइन आयोजना प्याकेज–४ अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा ‘बे’ विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये १५ किलोमिटर तार तानिएको छ । यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

कोसी कोरिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावर सिंगल सर्किट लाइन सञ्चालनमा आएको छ । 

प्याकेज–२ अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् कोसी  कोरिडोर लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोसी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी कोरिडोरको निर्माण गरिएको हो ।

कोसी कोरिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । कोसी कोरिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit