विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि दर २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.६ प्रतिशत रहेकोमा यो वर्ष कृषि, उद्योग तथा सेवा तीनै क्षेत्रको वृद्धिदर सुस्त हुने एडिबीको प्रक्षेपण छ ।

गत भदौमा भएको जेन–जी आन्दोलनबाट भएको क्षति, राजनीतिक अनिश्चितता तथा पश्चिम एसियाली देशहरूमा जारी असहजताका कारण आर्थिक वृद्धि खुम्चने एडिबीले प्रकाशित गरेको  ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ ले उल्लेख गरेको छ । यसअघि एडिबीले जेन–जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेकोमा अहिले त्यो भन्दा कम कम हुने भविष्यवाणी गरेको हो । 

यद्यपि, आगामी वर्ष पूर्वाधार विकास, पर्यटन क्षेत्रलगायतमा सुधार आउने देखिएकोले पश्चिम एसियाको द्वन्द्वसमेत समाधान भएको अवस्थामा सन् २०२७ मा ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । गत मार्च १० तारिक (फागुन २६) सम्मको अवस्थाका आधारमा एडिबीले उक्त प्रक्षेपण गरेको जनाएको छ ।

त्यस्तै, एडिबीले चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति दर करिब ३.७ प्रतिशत रहने र आगामी आर्थिक वर्ष बढेर ४.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यसैगरी, आउटलुकले गत आर्थिक वर्ष चालु खाता बचत अनुपात जिडिपीको ६.७ प्रतिशत रहेकोमा चालु वर्ष ७.२ प्रतिशत रहने उल्लेख गरेको छ ।

इन्धनको मूल्यवृद्धि, वैदेशिक रोजगारीमा आएको रुकावट, आयात हुने भुक्तानी वृद्धि र पर्यटनमा हुने नोक्सानीका कारण आर्थिक वर्ष २०२७ मा चालु खाता बचतमा आंशिक कमी आउने र जिडिपीको ५.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

पश्चिम एसियाको द्वन्द्व बढ्दै गए, पेट्रोलियम पदार्थको मूल्यमा उतार–चढाव आइरहे तथा खाडी राष्ट्रहरूबाट प्राप्त हुने विप्रेषणमा कमी आए उक्त प्रक्षेपणमा तोकिएको सीमा अझै खुम्चिन सक्नेसमेत एडिबीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३