विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २९, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका–४, रसुवापानीमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका आवासीय भवन क्षेत्रमा उत्खनन गर्दा कुनै पनि भवन नभेटिएको र क्षतिग्रस्त कंक्रिटका टुक्रा मात्र फेला परेको छ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण आयोजनास्थलमा रहेका भवन तथा संरचनामा ठूलो क्षति पुगेपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका क्रममा आवासीय भवन क्षेत्रमा उत्खनन गरिएको हो ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अनुसार खोजीका लागि एक्स्काभेटर, जेसीबी, ब्रेकरलगायतका उपकरण प्रयोग गरिएको छ । आयोजनास्थलमा रहेका कार्यालय भवन तथा आवासीय भवन ए–१, ए–२, बी–१, बी–२ र डी क्षेत्रमा उत्खनन गर्दा कुनै पनि भवन भेटिएनन् । उत्खननका क्रममा क्षतिग्रस्त अवस्थामा रहेका कंक्रिटलगायतका वस्तु तथा केही फलामका टुक्रा मात्र फेला परेका छन् ।

बाढीले भवन तथा संरचना बगाएपछि बाहिरबाट बगाएर ल्याइएका ठूला–ठूला ढुंगा पनि आयोजनास्थलमा भेटिएका छन् । सम्पर्कविहीन कर्मचारी तथा कामदारको अवस्थाबारे जानकारी लिन खोजी तथा उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ ।

आयोजनास्थलमा भदौ १८ गतेदेखि विभिन्न उपकरण प्रयोग गरी खोजी तथा उत्खनन कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३