विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् उपयोग गरी बक्यौता महसुल नबुझाउने २३ उद्योगको लाइन काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम बक्यौता असुल गर्न उद्योगहरूको लाइन काटिएको हो ।

प्राधिकरणले हालसम्म २३ उद्योगको लाइन काटिसकेको छ । ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् उपभोग गरी महसुल भुक्तानी नगर्ने ६१ मध्ये २३ उद्योगको लाइन काटेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टाराईले बताए ।

प्राधिकरणको तथ्यांकअनुसार ६१ उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । लाइन काटिएका उद्योगहरूले प्राधिकरणलाई ५ करोड देखि १ अर्ब ९४ करोड रुपैयाँसम्म बक्यौता बुझाउन बाँकी रहेको जनाइएको छ ।

प्राधिकरणले अहिलेसम्म ३ लटमा लाइन काटेको छ । पहिलो चरणमा ४ उद्योगको लाइन काटेको प्राधिकरणले दोस्रो चरणमा ५ उद्योगको लाइन काटेको थियो । तेस्रो चरणमा भने एकैचोटी १४ उद्योगको लाइन काटेको प्राधिकरणले जनाएको छ ।

ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरी बक्यौता नबुझाउने उद्योगको लाइन निरन्तर रूपका काट्दै जाने प्राधिकरणले जानकारी दिएको छ ।

लाइन काटिएका उद्याेगहरू

स्राेतः नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit