विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले डोटी र अछाम जिल्लामा संरचना रहने गरी निर्माण हुने ३०८ मेगावाटको सेती नदी–६ जलाशय जलविद्युत आयोजनाका सम्बन्धमा सरोकारवालासँग राय/सुझाव मागेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) मा आएका विषयमाथि राय/सुझाव मागेको हो ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोजनाको प्रतिवेदनमाथि राय/सुझाव पेश गर्न सम्बन्धित सरोकारवालाहरूमा आग्रह गरेको छ । मन्त्रालयका अनुसार सरोकारवालाबाट आएका उपयुक्त राय तथा सुझावलाई प्रतिवेदन स्वीकृत गर्ने क्रममा समावेश गरिने छ ।

यो आयोजनाले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको ७ र ८ नम्बर वडा, वोगटान फुड्सिल गाउँपालिकाको ५, ६ र ७ नम्बर वडा, चौकी गाउँपालिको ५ र ७ नम्बर वडा, केआइ सिंह गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्नेछ । अछाम जिल्लाको मंगलसेन नगरपालिकाको २, ३ र ५ नम्बर वडा तथा चौरपाटी गाउँपालिकाको १, २ र ४ नम्बर वडा पनि आयोजना प्रभावित क्षेत्रमा पर्दछन् ।

आयोजनाको इआइए प्रतिवेदन मन्त्रालयमा स्वीकृतिका लागि पेश भएको छ । यो आयोजनाको जिाइन डिस्चार्ज ३०० घनमिटर प्रतिसेकेन्ड हुनेछ । ३२५ मिटर लामो बाँध, १५० मिटर लामो पेनस्टक पाइप, ८५।३० मिटर लम्बाई तथा १८.५ मिटर चौडाई भएको भूमिगत विद्युतगृह, ३४० मिटर लामो निकास सुरुङ निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको छ ।

आयोजनाको संरचना निर्माण गर्न १०१२.३ हेक्टर वन क्षेत्रको जग्ग आवश्यक पर्ने वातावरणीय अध्ययनले देखाएको छ । २९८ हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । आयोजना निर्माणका क्रममा १ लाख १४ हजार ६ सय २ रुख बिरुवा कटान हुनेछन् । वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ (६) बमोजिम सम्बन्धित सरोकारवालाले राय/सुझाव दिन सक्ने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit