विद्युत अपडेट

  • प्राधिकरण : ८२८६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८७२२ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २४५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४६८९ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५८१ मे.वा.
२०८० मङ्सिर १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको आपूर्तिको जिम्मा पाएको नेपाल आयल निगमले विद्युतीय कार खरिद गरेको छ । देशभित्र उत्पादीत विद्युत खपत बढाउन सरकारले विद्युतीय सवारी, चुलोको प्रयोग बढाउने भनिरहँदा निगमले पनि तीन वटा विद्युतीय कार किनेको हो ।

पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको निगमले बीवाईडीको ३ वटा बिजुली कार किनेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले निगमलाई तीन वटा ‘अल न्यु ई सिक्स’ गाडी हस्तान्तरण गरेको छ । 

‘विद्युतीय सवारी साधन धेरै नै प्रभावकारी र वातावरण मैत्री छ, निगमले नै बिजुली कार किनेर चलाउँदा उदाहरण बन्नेछ र देशका लागि फाइदा नै हुनेछ’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतीय गाडी खरिद गर्नुको मूख्य कारण नै इन्धन खपत घटाउने र नेपालमा उत्पादन भएको विद्युत खपत बढाउनु हो ।’

देशभर बिजुली गाडीको प्रयोग बढाउने चर्चा चलिरहेको अवस्थामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको निगमले नै बिजुली कार किन्दा सकारात्मक सन्देश प्रवाह हुने निगमले जनाएको छ ।

निगमले प्रति सवारी ५९ लाख रुपैयाँका दरले खरिद गरेको हो । अहिले यातायात विभागबाट नम्बर प्लेट दिने तयारी भइरहेको छ । ‘इलेक्ट्रिक सवारी साधन यातायातको भविष्य हो, आगामी दिनमा हाम्रा सवारी साधनलाई इलेक्ट्रिकमा रूपान्तरण गर्ने अवसरको खोजीमा छौं’ उनले भने, ‘हामीले अहिले पेट्रोल पम्प भएका स्थानहरूमा चार्जिङ स्टेसन निर्माण गर्नेगरी अध्ययन पनि गरिरहेका छौ ।’

निगमले सवारी खरिदका लागि गत कात्तिकमा नै टेन्डर आह्वान गरेको थियो । बीवाइडी, हुन्डाई र एमजीका गाडी बिक्री गर्ने कम्पनी टेन्डरमा सहभागी भएका थिए । त्यसबाट बीवाइडीले टेन्डर हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit