विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रले केन्द्र अन्तर्गतका सम्पूर्ण सेवा बन्द गरेको छ । गत (फागुन) ५ गते केन्द्रमा कार्यारत सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीलाई कुटपिट गर्नेमाथि केही कारबाही नभएको भन्दै अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको हो ।

कार्यालयको परिसरभित्र त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेका नेतृत्वमा आएका २०/३० जनाका समूहले गैरकानूनी रुपमा डाइरेक्ट (हुकिङ) लाइन जडान नगरेको भन्दै इन्जिनियरमाथि कुटपिट गरेका थिए । चौधरीमाथि भौतिक आक्रमण गर्नेउपर कारबाही गर्न केन्द्रले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराउन पेश गरेको किटानी जाहेरी अहिलेसम्म दर्ता नभएको जनाएको छ ।

केन्द्रका अनुसार सो घटनाका दोषिहरूलाई हालसम्म कुनै कारबाही नभएको र प्रक्रिया समेत अघि नबढेकोले कडा कारबाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अनिश्चित कालको लागि बन्द गरिएकाे छ । आगामी २४ घन्टाभित्र कारबाही नभए अत्यावश्यक तथा मिटर रिडिङ समेत बन्द गर्ने केन्द्रले चेतावनी दिएको छ ।

साह र पाण्डेको नेतृत्वमा आएका समुहले कुटपिट तथा गाली गलौच गर्दै इन्जिनियरलाई चार पाङ्ग्रे गाडीमा अपहरण गरी तानाशाही शैलीमा  लगेर मौलापुर, मदानी महोत्सवका लागि हुकिङमार्फत लाइन जोड्न लगाएका थिए । यस्तो घृणित, असंवैधानिक, अमानविय र अमर्यादित कार्यले सम्पूर्ण कर्मचारी असुरक्षित रहेको केन्द्र प्रमुख अरुण शाहले बताए ।

केन्द्रले विद्युत जस्तो अत्यावश्यक सेवामा खटिने कर्मचारीमाथि भएको यस दुर्वव्यवहारको घोर भत्र्सना गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस

मौलापुर वितरण केन्द्रको सहायक इन्जिनियरमाथि कुटपिट

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit