विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले अध्ययन पुरा भएका ९०४१ मेगावाटका आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ । विभागले देशका विभिन्न स्थानमा पहिचान भएकाे आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको हो । 

विभागका अनुसार ६ वटा प्रदेशमा आयाेजना निर्माण गर्न अनुमति दिइएकाे छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सदूरपश्चिम प्रदेशमा पहिचान भएको आयोजनाकाे नाममा उत्पादन अनुमति जारी भएकाे विभागकाे तथ्यांकमा छ ।

कोशी प्रदेशमा २९८७ मेगावाट, बागमती प्रदेशमा २४४५ मेगावाट, गण्डकी प्रदेशमा २४२४ मेगावाट, लुम्बिनी प्रदेशमा ५५ मेगावाट, कर्णाली प्रदेशमा ९२३ र सूदुरपश्चिमा प्रदेशमा २०७ मेगावाटका आयोजनालाई उत्पादन अनुमति पत्र दिएको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेशमा भने कुनै आयाेजना पहिचान नभएकाे पनि विभागले जनाएकाे छ ।

विभागले ५ मेगावाटभन्दा मुनिका २१३ मेगावाटका आयाेजनालाई अध्ययन अनुमति दिएकाे छ । यसैगरी, ५ देखि १० मेगावाटसम्मका ३३३, १० देखि २५ मेगावाटसम्मका ११४, २५ देखि १०० मेगावाटसम्मका ३३३८, १०० देखि ५०० मेगावाटसम्मका ३११४ र ५०० मेगावाट भन्दा माथिका ९०० मेगावाटका आयाेजनालाई विद्युत उत्पादन गर्न अनुमति दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit