विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २५.४ मेगावाटको सुपर आँखु खोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । धादिङको आँखु खोलामा संरचना रहने आयोजनाको काम सुरु भएको हो ।

सिभिलको संयुक्त ठेक्का पाएका प्रधान र पगोडा कम्पनीलाई आयोजना स्थलमा परिचालन गरिएको प्रवर्द्धक गोरक्ष हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक रुघुनाथ पुरीले बताए । उनका अनुसार आयोजना स्थलमा चाँडै बाँध क्षेत्रका संरचनाको काम सुरु गरिने भएको छ ।

‘हाम्रो आयोजना निर्माणका लागि ठेकेदार परिचालन भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रारम्भिक चरणका सबै काम सकिएकाले अब संरचना निर्माणको कामले गति लिन्छ ।’उनले आयोजनाको संरचनाको काम औपचारिकरूपमा सुरु हुन भने अब बढीमा १ महिना लाग्ने बताए ।

ठेकेदार कम्पनीले आयोजना स्थलमा निर्माण उपकरण तथा सामाग्री पुर्याइसकेको छ । क्रसर स्थापना गरिसकेको छ ।आयोजनाको काम २०७८ जेठदेखि नै सुरु गने भनिएकोमा वन क्षेत्रको रुख कटानका सम्बन्धमा जिल्ला वन कार्यालयको स्वीकृति लिन समय लागेकाले ढिलो हुन पुगेको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको पुरीले बताए ।

‘आयोजनाको निर्माण सुरु गर्न कोरोना (कोभिड–१९) महामारीका कारण १ वर्ष समय लम्बिएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लिने प्रक्रियामा भएको ढिलाइले पनि केही ढिलो भएको छ । जिल्ला वन कार्यालयको टोली अवलोकनका लागि आयोजना स्थलमा पुग्दैछन् । त्यसपछि स्वीकृति मिल्छ भन्ने लागेको छ’ उनले भने ।

आयोजनाको संरचना निर्माणका लागि १ सय वटा रुख काट्नु पर्नेछ । वन तथा वातावरण मन्त्रालयबाट रुख कटानको स्वीकृति मिलिसके पनि जिल्लाको स्वीकृति पाउन समय लागेको हो ।

आयोजना सम्पन्न हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यो आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भइसकेको छ । आयोजनामा प्रभु बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । १ अर्ब १४ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

यो आयोजना २०८० सालभित्र सम्पन्न गरेर विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना महामारीका कारण १ वर्ष ढिलो गरी २०८१ सालभित्र सम्पन्न गरिने भएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत बोराङ सबस्टेसनमा जोडिनेछ ।

यसअघि २२० केभी त्रिशूली–३ ‘बी’ सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता गरिएको भए पनि विद्युतगृह नजिकै बोराङ सबस्टेसन बन्न लागेकाले यहीं जोडिने कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक १३९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit