विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नुवाकोट । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनरत २२ मेगावाटको चिलिमे जलविद्युत्‌गृहको विद्युत्‌गृहको सुरुङमा फसेका ६ जना कर्मचारी भदौ १० गतेदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ड्युटीमा रहेका सरोज पाण्डे, सन्तोष पाण्डे, मिनराज मोक्तान, तिलक थापा मगर र श्याम थापा मगर तथा ड्युटीमा नरहेका लाक्पा सोनाम तामाङ रहेका छन् ।

विद्युत्‌गृहमा फसेका कर्मचारीलाई बाहिर निकाल्न नेपाली सेनाको टोली प्रयासरत रहे पनि हालसम्म उद्धार गर्न नसकिएको जनाइएको छ । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै थप विज्ञसहितको पर्याप्त रेस्क्यु टोली तत्काल परिचालन गरी पावर हाउसमा रहेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकाल्न पहल भइरहेको छ ।
छ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन रहेकाले उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक दक्ष जनशक्ति, उपकरण तथा प्रविधिसहितको विशेष उद्धार टोली तत्काल परिचालन गर्नुपर्ने देखिएको छ ।

यस घटनामा कम्पनी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँगै राज्यका सम्पूर्ण संयन्त्र गम्भीरतापूर्वक उद्धारमा केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ । सम्पर्कविहीन कर्मचारीको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सम्भव सबै उपाय अवलम्बन गरी तत्काल उद्धार गर्न सरोकारवालालाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३