विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले सिँचाइका ग्राहकलाई विद्युत महसुलमा अनुदान दिने भएको छ । विद्युत खपत वृद्धि गरी  कृषिजन्य उत्पादन बढाउने उद्देश्यले कृषिमा विद्युतीकरण गर्न सिँचाइका ग्राहकलाई विद्युत महसुलमा शतप्रतिशतसम्म अनुदान दिन लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइका ग्राहकका लागि विद्युत महसुलमा अनुदान दिने घोषणा गरेकी थिइन् । मन्त्री भुसालको घोषणा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषकका लागि विद्युत महसुलमा अनुदान दिने कार्यविधि निर्माण गरिरहेको छ ।

सिँचाइका ग्राहकलाई विद्युत महसुलमा अनुदान दिने सम्बन्धमा कार्यविधिको ढाँचा तयार भइसकेको विभागका प्रवक्ता एवं उप–महानिर्देशक कृष्णप्रसाद नेपालले बताए । उनका अनुसार कार्यविधिको ढाँचामा सरोकारवालाहरूको सुझाव लिएपछि स्वीकृत गरी कार्यान्वयनमा लगिनेछ । 

‘कृषिका ग्राहकले केही छुट त विद्युत नियमन आयोगले महसुल घटाएर समायोजन गरेपछि नै पाइसकेका छन्,’ उनले ऊर्जा खबरसँग भने,‘विद्युत उत्पादन वर्षेनी बढ्दै गएकाले खपत पढाउनका लागि थप सहुलियत हुने गरी विद्युत महसुलमा अनुदान दिन विभागले काम गरिरहेको छ ।’

कार्यविधि स्वीकृत भई कार्यान्वयनमा आएपछि तराईका जिल्लामा विद्युत लाइनबाट ल्यालो ट्युववेल सञ्चालन गर्ने कृषकको हकमा बढी विद्युत खपत हुने बिहान र साँझको समय (पिक आवर) मा खपत भएको विद्युतको ८० प्रतिशतसम्म महसुलमा अनुदान दिइने उनले बताए । सिँचाइका ग्राहकले दिउँसो र रातीको समय (अफ पिक आवर) मा खपत गरेको विद्युतको महसुलमा भने शतप्रतिशत अनुदान पाउने छन् ।

यस्तै, सबै खाले लिफ्ट सिँचाइको हकमा बिहान र साँझको समय (पिक आवर) मा ५० प्रतिशत तथा दिउँसो र रातीको समय (अफ पिक आवर) मा खपत भएको विद्युतको ८० प्रतिशतसम्म खपत भएको विद्युतको महसुलमा अनुदान दिइने भएको छ ।

सिँचाइका ग्राहकले पाउने अनुदान बराबरको रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्नेछ । नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार सिँचाइका १ लाख ७४ हजार ९ सय १७ ग्राहक छन् । 

विद्युत महसुलमा अनुदान दिँदा सिँचाइका ग्राहकको अहिलेको विद्युत खपत बढेर दोब्बर हुने नेपालले बताए । उनले सिँचाइका ग्राहककाे हकमा डिओटी मिटरकाे अभाव रहेकाले प्राधिकरणले याे समस्या समाधान गरिदिनु पर्ने बताए ।

यसअघि आयोगले मंसिरदेखि लागु हुने गरी सिँचाइका ग्राहकको हकमा ४०.६९ प्रतिशत महसुल घटाएर समायोजन गरेको थियो ।

महसुल समायोजनपछि सिँचाइ वर्गका ग्राहकले डिओटी मिटर राखी ३३ केभी प्रसारण लाइनबाट विद्युत सेवा लिँदा राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट २ रुपैयाँ तिर्नुपर्छ । बिहान ५ देखि साँझ ५ बजेको समयमा भने प्रतियुनिट ३.१० रुपैयाँ तिर्नुपर्छ ।

डिओडी मिटर बिना नै ३३ केभी प्रसारण लाइनको विद्युत सेवा लिएका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ तिर्नुपर्छ । ११ केभी फिडरको विद्युत सेवा लिने सिँचाइका ग्राहकले प्रतियुनिट १.६० रुपैयाँ तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit