विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमै पहिलो पटक हाइड्रोजनबाट चल्ने कारमा ग्रिन हाइड्रोजन ‘रिफ्युलिङ’ गर्ने कार्य सुरु भएको छ । काठमाडौँ विश्वविद्यालय (केयू) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा स्थापना गरेको रिफ्युलिङ स्टेशनको परीक्षण सफल भएपछि कारमा रिफ्युलिङ गर्न सुरु गरिएको हो । सफलताकाे याे दिन देशकै लागि हाइड्रोजन दिवसको रूपमा रहेको केयूको हाइड्रोजन ल्याब प्रमुख डा‍‌‍. विराज सिंह थापाले बताए ।

‘अब चाँडै नै यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूबाट विधिवत् रुपमा उद्घाटन गर्ने कार्यक्रम हुने छ,’ उनले भने, ‘आफूलाई हाइड्रोजनबाट चल्ने कार चढ्न मन लागेको कुरा उहाँले पहिला नै घोषणा गरिसक्नु भएको छ । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपतिसहित उच्च ओहोदामा रहेकाहरूलाई समेत यो कार चढाएर यसबारे सचेतना बढाउने कार्य गर्ने छौँ । अब विभिन्न ठाउँमा लगेर हामी हाइड्रोजनबाट चलने कारको प्रर्दशन गर्ने छौँ ।’ उनले आउन लागेको हाइड्रो एक्स्पोमा समेत हाइड्रोजन कार र रिफ्युलिङ प्रविधिबारे प्रदर्शनी गरिने बताए ।

काठमाडौँ विश्वविद्यालयले दैनिक ३० देखि ३५ वटा गाडीलाई प्रत्येक दिन रिफ्युल गर्ने सक्ने ग्रिन हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याउने गरी डिजाइन गरिरहेको उनले बताए ।

काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज जस्ता ठूला सहरहरूमा यस्ता स्टेशन सञ्चालनमा ल्याउने र ठूला सवारी तथा मालवाहक साधनमा हाइड्रोजन प्रयोग गर्ने विषयमा अझ अध्ययनलाई अघि बढाउँदै जाने उनले बताए । यसका लागि ग्रिन हाइड्रोजन उत्पादन, बिक्री वितरण र प्रयोगका विषयमा अब सवारी व्यवसायीहरुले समेत ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै, हाइड्रोजन ग्यास भण्डारण रिफ्युलिङ स्टेशन निर्माण, सञ्चालन, हाइड्रोजन सवारी साधन खरिद तथा सञ्चालनका लागि नेपालमा अझै पर्याप्त ऐन, नियम, कार्यविधिलगायत नीतिगत व्यवस्था नभएकोले अब त्यस्तो व्यवस्था गर्नतर्फ सरकार नै अग्रसर हुनुपर्ने बेला आएको समेत उनले बताए ।

केयू र नेपाल आयल निगम (एनओसी) ले संयुक्त रुपमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरेर नेपालको यातायात क्षेत्र कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा एक अध्ययन परियोजना सञ्चालन गरेको थियो । उक्त परियोजना अन्तर्गत नै हाइड्रोजन कार र त्यसमा हाइड्रोजन इन्धन भर्न आवश्यक रिफ्युलिङ् सेन्टरको उपकरण केयूको हाइड्रोजन ल्याबमा ल्याएर स्थापना गरी सफल परीक्षण गरिएकाे हाे ।

र, याे पनि : केयूले ल्यायो नेपालमै पहिलो हाइड्रोजन कार र रिफ्युलिङ स्टेशन 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit