images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६६ केभी सबल सर्किट परवानीपुर–वीरगन्ज प्रसारण लाइन २ दिन बन्द गर्ने भएको छ । टावर नम्बर ३३३ देखि ३४३ कोबीचमा नयाँ टावर निर्माण गर्नु पर्ने भएकाले प्रसारण लाइनबाट हुने विद्युत प्रवाह अवरुद्ध हुने भएको हो ।

यो प्रसारण लाइनबाट हुने विद्युत प्रवाह शनिबार (माघ २९ गते) र आइतबार (फागुन १ गते) बन्द हुने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन अवरुद्ध गरी टावर नम्बर ३३३ देखि ३४३ कोबीचमा नयाँ टावर थप गरिनेछ ।

प्रसारण लाइनको रुटमा टावर थप गर्ने अवधिभर दुवै सर्किट अवरुद्ध हुनेछन् । यो समयमा परवानीपुर सबस्टेसनबाट आउने ६६ केभीको वीरगन्ज–१ र वीतरगन्ज–२ फिडरबाट हुने विद्युत आपूर्ति अवरुद्ध हुनेछ । आपूर्ति अवरुद्ध हुँदा वीरगन्ज, कलैया एवं पोखरिया क्षेत्रको विद्युत सेवा २ दिनसम्म दैनिक ९ घन्टासम्म प्रभावित हुने जानकारी प्राधिकरणले दिएको छ ।

शनिबार र आइतबार बिहान ८ बजेदेखि परवानीपुर सबस्टेसबाट आउने ६६ केभी वीरगन्ज फिडर–१ र वीरगन्ज फिडर–२ को विद्युत आपूर्ति बन्द हुनेछ । बन्द भएको आपूर्ति दिनको काम सकिएपछि साँझ ५ बजेबाट सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको हेटौंडा–वीरजन्ज ६६ केभी प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजना अन्तर्गत यो प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएको हो । सरकार र प्राधिकरणको संयुक्त लगानीमा यो प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएको हो । यसअघि पनि हेटौंडा–वीरगन्ज प्रसारण लाइन अवरुद्ध गरेर स्तरोन्नति गरिएको थियो ।

प्रसारण लाइनको स्तरोन्नतिपछि त्यस क्षेत्रको विद्युत वितरण प्रणालीमा सुधार भई ग्राहकलाई गुणस्तरी विद्युत सेवा दिन सकिने प्राधिकरणको दाबी छ । विशेष गरी उद्योगहरूमा हुँदै आएको आपूर्तिको गुणस्तरमा सुधार हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit