images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण काबेली पावर कम्पनीले करिब साढे १३ करोेड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अवधिमा सो मुनाफा कमाएको हो ।

गत साउनदेखि असोजसम्मको अवधिमा १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जनाएको छ । कम्पनीका अनुसार यो नाफा गत वर्षको यही समयअवधिको तुलनामा बढेको हो । गत वर्ष ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ खुद नाफा भएको थियो ।

यो अवधिमा कम्पनीले २५ मेगावाटको काबेली बी–१ जलविद्युत केन्द्रको विद्युत बिक्री गरी २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४ करोड १६ लाख ४४ हजार रुपैयाँ बढी हो । गत वर्ष २२ करोड ५२ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

बिपिसीले पनि साढे ७ करोड रुपैयाँ खुद नाफा कमायो

बुटवल पावर कम्पनी (बिपिसी) ले साढे ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले २०७८÷७९ को पहिलो त्रैसामसम्मको अवधिमा सो मुनाफा आर्जन गरेको हो ।

चालु आर्थिक वर्ष सुरु भएदेखि असोजसम्मको अवधिमा ७ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो खुद नाफा गत वर्षको यही समयअवधिको तुलनामा २ करोड ३९ लाख ५२ हजार रुपैयाँ बढी हो । गत वर्ष ५ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यही अवधिमा  १२ मेगावाटको झिमरुक र ९.४ मेगावाटको आँधीखोलाको विद्युत बिक्री गरी २० करोड ७६ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष १९ करोड ३ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको  न्यादी निर्माणाधीन छन् । सय मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी अध्ययन भइरहेको छ । नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीमा बिपिसीको १६.८८ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै, युनियन हाइड्रो पावर कम्पनीले पनि ३ महिनामा १ करोड ३३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको नाफा पनि गत वर्षको यही समयअवधिको तुलनामा बढेको हो । गत वर्ष ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले ३ मेगावाटको मिदीम करापुको विद्युत बिक्री गरी २ करोड ७० लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष २ करोड ५० लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit