विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका असारमा सरेको छ । आयोजनाको निर्माण पूरा भइनसकेकाले विद्युत उत्पादन तालिका ४ महिना धकेलिन पुगेको हो ।

विद्युतगृहमा उपकरण जडानको काम भइरहेकाले विद्युत उत्पादन सुरु हुन अझै केही समय लाग्ने आयोजना प्रमुख समन मानन्धरले बताए । ‘पूरानो तालिकाअनुसार त अहिलेसम्ममा हाम्रो आयोजना सञ्चालनमा आइसक्नु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘अन्तिम चरणको काम बाँकी रहेकाले विद्युत उत्पादन गर्ने तालिका असारसम्म पुग्ने देखिएको छ ।’ 

उनले विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य सम्पन्न गर्न अझै ३ महिना लाग्ने बताए । हाइड्रोमेकानिकलतर्फको पनि १२ प्रतिशत काम बाँकी छ । सिभिलतर्फ ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ । अहिले अन्तिम चरणको ‘फिनिसिङ’ कार्य भइरहेको उनले जानकारी दिए ।

यसअघि आयोजनाबाट यही चैत महिनादेखि विद्युत उत्पादन गर्ने भनिएको थियो । यसअघि पनि गत मंसिरमा नै विद्युत उत्पादन सुरु गर्ने भनिएको थियो । मंसिरमा सम्भव नभएपछि तालिका चैतमा सारिएको थियो ।

सुरुवाती तालिकाअनुसार भने २०७६ पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । यसबिचमा कोरोना (कोभिड–१९) महामारी तथा प्रसारण लाइन पूरा हुन बाँकी रहेकाले तालिका सर्दै आएको थियो । अहिले आयोजनामा कोरोनाको प्रभाव छैन । विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन पनि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

अब विद्युत उत्पादनको तालिका असारभन्दा पछि नसर्ने प्रवर्द्धक बेनी हाइड्रो पावर कम्पनीको दाबी छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत १३२ तिन्ला सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि तिन्ला सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले  निर्माण गरेकाे छ ।

१२ किलोमिटर लामो प्रसारण लाइनमा ४१ वटा टावर छन् । यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा ४ बैंकले ऋण लगानी गरेका छन् । यो आयोजना सुरुमा १८ मेगावाटमा निर्माण थालिएको थियो । निर्माणका क्रममा नै क्षमता विस्तार गरेर १९.८ मेगावाट बनाइएको हो ।

२०७१ साउनमा आयोजनाको अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनः दिएपछि निर्माण सुरु गरिएको थियो । सोलु बेसिनमा माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना पनि निर्माणाधीन छन् 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit