विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण देशभरका नदी तथा खोलामा आएको बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्याएको छ । यसबाट अर्बौं रुपैयाँ नोक्सान भएको विवरण आउन थालेको छ ।

बाढीले निर्माणाधीन र निर्माण सम्पन्न हुन लागेका आयोजनाको बाँधस्थल, विद्युत्गृह, टेलरेस सुरुङ लगायत संरचनामा क्षति पुर्याएको छ । साथै, भण्डारण गरेर राखिएका निर्माण सामग्री, निर्माण उपकरण बाढीमा बगेका छन् । यसबाट प्रवद्र्धकले अर्बौं रुपैयाँको नोक्सान बेहोर्नुपरेको बताइएको छ ।

असार लाग्नासाथ निरन्तर परिरहेको झरीका कारण देशका नदी तथा खोलामा पानीको बहाब अत्याधिक बढेको र लेदो बगेको छ । अझै पनि खोलामा बहाब घट्ने सम्भावना नरहेको प्रवद्र्धकहरूले बताइरहेका छन् । आयोजनास्थलसम्म पुग्ने पहुँचमार्गमा पहिरो आएर बाटो बन्द हुँदा ढुवानीमा पनि समस्या भएको देखिएको छ ।

रसुवागढी (१११ मेगावाट)

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा टेलरेसबाट बाढी पसेको छ । बाँध निर्माण भइसकेको हुँदा त्यसमा क्षति नभए पनि डिसेन्डर बेसिनमा बाढी पसेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।

‘आयोजनाको बाँध, टेलरेस तथा आवाससम्म आउजाउ गर्न निर्माण गरिएका बेलीब्रिज बाढीले बगाएको छ, कति क्षति भयो भनेर यकिन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामीले क्षतिको विवरण संकलन गरिरहेका छौं ।

सुपर मादी (४४ मेगावाट)

कास्कीको मादी खोलामा बाढी आउँदा सुपर मादीमा १ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको बाँध र विद्युतगृहमा क्षति पुगको भने ब्याचिङ प्लान्ट, क्रसर, ३ वटा स्काभेटर, ४ सय केभीको डिजल जेनेरेटर सेट, ह्विलर, ट्रान्जिट मिक्चर बाढीले बगाएको छ । हाइड्रो मेकानिकलको पेनस्टक पाइप र गेटसमेत बगाएको सुपर मादी हाइड्रो पावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । 

‘बाढीले इलेक्ट्रो मेकानिकल उपकरण बगाएको छ, विद्युतगृहमा बाढी पसेको छ । ४५० टन डण्डी, १० हजार बोरा सिमेन्ट, गिटी, बालुवा सबै बगायो,’ उनले भने, ‘खोला किनारामा रहेको बाँकी समान लिन जाने अवस्था छैन् । अब आयोजना शून्यबाटै सुरु गर्नुपर्ने अवस्था छ ।’

करिब ८० प्रतिशतभन्दा बढी निर्माण सकिएको आयोजनाका लागि आवश्यक सबै सामाग्री आयोजनास्थलमा ल्याइएको थियो । ती सबै बाढीले बगाएको उनले बताए । प्रसारण लाइनका लागि ल्याएको समान पनि बगेको छ ।

सुपर दोर्दी ‘ख’ (५४ मेगावाट)

लमजुङको दोर्दी खोलामा निर्माणाधीन आयोजनामा बाढीले १ अर्ब रुपैयाँको क्षति पुगेको जनाइएको छ । बढीले अधिकांश निर्माण सामग्री र उपकरणहरू बगाएको छ । इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल उपकरण बगाएको पिपुल्स हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए ।

‘बाँध, विद्युत्गृह क्षेत्रमा क्षती पुर्याएको छ, क्षतिको यकिन भइसकेको छैन्,’ उनले भने, ‘आयोजनाबाट २०७६ फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । कोरोना महामारीका कारण निर्माण सम्पन्न हुन नसक्दा विद्युत उत्पादन तालिका सरेको थियो । बाढीले गर्दा फेरी उत्पादन तालिका सर्ने भयो ।’

दोर्दी–१ (१२ मेगावाट)

बाढीले दोर्दी खोलामै निर्माण भइरहेको दोर्दी–१ मा पनि ठूलो क्षति पुर्याएको छ । विद्युतगृहमा बाढी पसेकोले लेदो हटाउन काम भइरहेको आयोजनाका सञ्चालक विनयकुमार भण्डारीले बताए । ‘निर्माण अन्तिम चरणमा पुगेको आयोजनामा बाढीले सिभिल संरचनामा धेरै क्षति पुर्याएको छ,’ उनले भने, ‘बाढीले गरेको क्षतिको यकिन छैन् ।’ विद्युत् जोडिने दोर्दी कोरिडोर प्रसारण लाइन समयमा पूरा नहुँदा आयोजनाले पटक–पटक क्षति बेहोर्नुपरेको उनको भनाइ छ ।

माथिल्लो बलेफी ‘ए’ (३६ मेगावाट)

यो आयोजनामा बाढीले त्यस्तो धेरै असर नगरेको बलेफी हाइड्रोपावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए । ‘विद्युतगृहको सुरक्षित पर्खाल (प्रोटेक्सन वाल) मा पहिरो गएको छ, अरू समस्या आएको छैन,’ उनले भने, ‘९६ प्रतिशत काम सकिएको आयोजनाबाट जेठदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य थियो तर कामदार कारोना संक्रमित भएपछि उत्पादन अवधि भने लम्बिएको छ ।’

कालंगा बेसीन

बझाङको कालंगा बेसीनमा निर्माणाधीन ३ आयोजनामा बाढीले असर गरेको छैन् । तर, पहुचमार्गमा पहिरो आएर बाटो बन्द हुँदा ढुवानीमा समस्या भएको छ । लगातार आएको वर्षाका कारण पहिरो आउँदा उपकरणलगायत सामग्री आयोजनास्थलमा पुर्याउन सकिएको छैन् । जसले गर्दा उपकरण जडानको काममा प्रभाव पर्ने देखिएको छ । यो बेसीनमा १०.७ मेगावाटको सानिगाड, १५.३३ मेगावाटको कालंगा गाड, ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड निर्माणाधीन छन् ।

सान्जेन (५७.३ मेगावाट)

रसुवामा निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो र ४२.५ मेगावाटको सान्जेनमा बाढीले सामान्य क्षति गरेको छ । आयोजनाको विद्युतगृहको स्वीचयार्डमा लेदो पसेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताए । ‘आयोजनास्थल पुग्ने पहुँचमार्गमा पहिरो आएर बाटो बन्द भएको छ । वर्षाले असर नपुर्याए पनि आगामी दिनमा असर नपुराउला भन्न सकिन्न,’ उनले भने, ‘गत वर्ष वर्षाका कारण पहिरोले ३ महिना काम बन्द भएको थियो ।’

अन्य

लमजुङमा हिमालयन पावर पार्टनरले निर्माण गरीरहेको २७ मेगावाटको दोर्दी खोलामा बाढीले क्षति गरेको छ । निर्माण पूरा हुने चरणमा रहेको आयोजनाको बाँध, विद्युतगृह क्षेत्रमा बाढीले क्षति पुगेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाबाट जेठ मसान्तभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । कोरोना (कोभिड–१९) महामारीको संक्रमण नियन्त्रण गर्न लगाइएको निशेधाज्ञाका कारण काम प्रभावित हुँदा असार मसान्तसम्म धकेलिएको थियो । लक्ष्यभन्दा झण्डै ३ वर्ष ढिलो गरी विद्युत् उत्पादन हुन लागे पनि फेरि बाढीले असर गरेको छ ।

उता सोलुखुम्बुको सोलु बेसीनमा निर्माणाधीन आयोजनामा भने असर नगरेको १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजना प्रमुख समन मानन्धरले बताए । यो बेसीनका आयोजनामा कोरोनाले प्रभाव गरे पनि बाढीले अहिलेसम्म असर गरेको छैन ।

रसुवामा निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो मैलुङमा बाढीले क्षति नगरे पनि आयोजनास्थलसम्म पुग्ने पहुँचमार्गमा पहिरो गएको छ । पानीको बहाब बढ्दा बाटो बन्द भएको आयोजनाका प्रबन्धक कांगडा प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit