विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बजाङको कालंगा बेसिनमा निर्माण सम्पन्न दुई जलविद्युत आयोजनाको ५३.७९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड र १५.३३ मेगावाटको कालंगा गाडको विद्युत ३९ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिएको हो ।

कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको कालंगा गाड र सानिगाड हाइड्रो कम्पनीले निर्माण गरेको माथिल्लो कालंगा गाडको बिजुली प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा रहको बलाँच सबस्टेसनमा जोडिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प चित्रकारले बताए । उनका अनुसार निजी क्षेत्रले निर्माण गरेको १३२ केभी क्षमताकाे अहिलेसम्मको सबैभन्दा लामो लाइनमार्फत बिजुली प्रणालीमा जोडिएको हो ।

कालंगा गाडको विद्युत एक साता अघि नै र माथिल्लो कालंगा गाडको भने शुक्रबार (माघ १३ गते) प्रणालीमा जोडिएको हाे । ‘अहिले प्राधिकरणलाई निशुल्क विद्युत दिइरहेका छौ’, उनले ऊर्जा खबरसँग भने, ‘कालंगा गाडले करिब एक सातापछि व्यवसायिक उत्पादन सुरु गर्नेछ भने, माथिल्लो कालंगा गाडलाई व्यापारीक उत्पादन सुरु गर्न थप समय लाग्नेछ ।’  अहिलेको चरम सुख्खा माैसममा पनि कालंगा गाडबाट ८ मेगावाट र माथिल्लाे कालंगा गाडबाट १३ मेगावाट बिजुली उत्पादन भइरहेकाे चित्रकारले बताए । 

कालंगा गाड आयोजनाको काम सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको थियाे । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । यस्तै, माथिल्लो कालंगा गाडको काम पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियाे । यसमा माछापुच्छ्रे बैंकको अगुवाईमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

यही बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरीरहेको १०.७० मेगावाटको सानिगाड जलविद्युत आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको बाँकी काम छिट्टै पुरा गरेर उत्पादन सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यी आयोजनाबाट सुदुरपश्चिम क्षेत्रमा विद्युत आपूर्ति सहज बन्नेछ । हाल यस क्षेत्रमा अपि पावरले निर्माण गरेको दुई आयोजना र भारतबाट आयातित विद्युत आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit