विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्राहकले नियमित विद्युतम महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रको बाँकी बक्यौता करिब १४ करोड रुपैयाँ पुगेको छ । वर्षौदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो । 

लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको करिब १३ करोड ९८ लाख २३ हजार रुपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको केन्द्रका लेखा प्रमुख मनोज सुवेदीले बताए । उनका अनुसार नबुझाउनेमा औद्योगिक, व्यापारीक, खानेपानी संस्थान र सडक बत्ती रहेका छन् ।

केन्द्र अन्तर्गत सडक बत्तीको मात्र २ करोड ८० लाख १६ हजार रुपैयाँ उठाउन बाँकी छ । बक्यौता धेरै भएपछि वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गर्दै आएको छ ।

विद्युत बक्यौता बढ्र्द गएपछि लाइन काटेर जरिवाना सहितको महसुल असुल्ने अभियानलाई तिव्रता दिइएको छ । केन्द्रले लामो समयसम्म विद्युत महसुल नबुझाउने २१७ ग्राहकको लाइन काटेर बाँकी बक्यौत असुली गरेको छ ।

केन्द्रले २०७८ साउनदेखि हालसम्म यती ग्राहकको लाइन काटेर ५० लाख १८ हजार ७ सय रुपैयाँ महसुल असुल गरेको छ । बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको केन्द्रले जनाएको छ । अहिले केन्द्र अन्र्तगत ५६ हजार ४ सय ३६ ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit