विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी काेसी काेरिडाेर डबल सर्किट प्रसारण लाइनकाे तार तान्न धनकुटाकाे महालक्ष्मी नगरपालिकाकाे विद्युत लाइन काटेकाे छ । तार तान्ने अवधिभरका लागि ४ दिनसम्म नगरपालिकाकाे विद्युत लाइन काटिने भएकाे हाे ।

विद्युत लाइन काटेर सिंधुवा क्षेत्रमा प्रसारण लाइनकाे तार तान्न सुरु गरिएकाे प्राधिकरणले जनाएकाे छ । तार तान्नका लागि नगरपालिकाकाे मारकटहरे जाने ११ केभी वितरण लाइन शुक्रबार बिहान ९ बजेदेखि अवरुद्ध भएकाे प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएकाे छ ।

वितरण केन्द्रका अनुसार ११ केभी लाइन  साेमबार (असार २८ गते) )  सम्म अवरुद्ध हुनेछ । ४ दिनसम्म दैनिक ७ घन्टा काटिने लाइन दिउँसाे ४ बजेपछि मात्रै सुचारु हुनेछ । 

विद्युत लाइन काटिँदा नगरपालिको वडा नम्बर , , मारेकटहरे, मछेउ, घुमाउनले लगायतका ११ केभी लाइनबाट विद्युत वितरण हुने क्षेत्रकाे सेवा अवरुद्ध हुनेछ । काेसी काेरिडाेर प्रसारण लाइन निर्माणकाे अन्तिम चरणमा पुगेकाे छ ।

काेसी काेरिडाेरमा निर्माणाधीन तथा निर्माण भएका जलविद्युत आयोजनाकाे विद्युत प्रवाह गर्ने गरी याे प्रसारण लाइन निर्माण भइरहेकाे हाे । स्थानीय समस्या समाधान गरी प्रसारण लाइनकाे निर्माण अन्तिम चरणमा पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit