विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडको करिब २७ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको संखुवासभामा निर्माणाधीन १० मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएका सेयर आवेदन खुल्ला भएको हो ।

सय रुपैयाँ अंकित २७ करोड  ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधरण सेयर निष्कासन गरिएकोे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन भएकाे सेयर मध्ये ५४ लाख ६० हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । 

१ लाख ३६ हजार ५ सय  किता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी, २५ करोड ३८ लाख ९० हजार रूपैयाँ बराबरको २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधरणको लागि निष्कासन गरिएको कम्पनीले  जनाएको छ ।

सर्वसाधरणले छिटोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन  दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई ब्रिकी प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७० फागुनदेखि उत्पादन अनुमति लिई अघि बढेको आयोजना २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । 

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेसमेन्ट बैंक र प्रभु बैंकको ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit