विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले चैत ६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माण भइसकेकाे २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँ  अंकित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीले जनाएको छ । निष्कासन हुने सेयरमध्ये ५८ लाख रुपैयाँ बराबरको ५८ हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि दिएर बाँकी रहने २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउने भएका छन् । आवेदकले छिटोमा चैत्र १० गतेसम्म र ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ ।

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकिको छैन् । प्रसारण लाइनकाे काम अन्तिम चरणमा पुगेकाले चाँडै प्रसारण प्रणालीमा जाेड्ने तयारी भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit