विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन कर्मचारी संगठनमा ‘कर्मचारी संघ’ले विजय प्राप्त गरेको छ । आज (बैशाख २८ गते भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा उसले निकटमत प्रतिस्पर्धी राष्ट्रिय कर्मचारी युनियनले भन्दा ६ सय ९३ मत बढी मत ल्याएर विजयी भएको हो ।

निर्वाचनमा संघसहित राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले प्रतिस्पर्धा गरेका थिए । संघ काँग्रेस निकट संगठन हो भने कल्याण परिषद् राष्ट्रिय प्रजातन्त्र पार्टी निकट हो । राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी युनियन भने २०७६ सालमा नेपाल कम्युनिष्ट पार्टी फुटेर अलग भइसकेपछि दुई अलग धारमा बाँडिएका हुन् ।

निर्वाचनमा खसेको कूल ७ हजार ८ सय २८ मतमध्ये संघले ३ हजार २ सय ९२ मत ल्याएर विजय हासिल गरेको छ । प्रतिस्पर्धामा राष्ट्रिय कर्मचारी युनियनले २ हजार ५ सय ९९ मत ल्याई दोस्रो र कर्मचारी युनियनले १ हजार ७ सय ४४ मत प्राप्त गरेर तेस्रो भएको छ । कर्मचारी कल्याण परिषद्ले २ सय २८ मत ल्याएको निर्वाचन अधिकृत बलराम सिलवालले जानकारी दिए ।

आधिकारिक ट्रेड युनियनले प्राधिकरण सञ्चालक समितिमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुन पाउँछ । आधिकारिता पाएको संगठनले समितिको बैठकमा उपस्थिति जनाएर कर्मचारीको हित, संस्थाको सुशासन लगायत विषयमा आवाज उठाउने गरेको छ । यद्यपि, पछिल्लो समय प्राधिकरणमा आधिकारिक ट्रेड युनियन वा अन्य कुनै पनि कर्मचारी संगठनले प्रभावकारी भूमिकाका साथ सुशासनको विषयमा आवाज उठाउन सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit