विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गोरखा । गोरखाको उत्तरी दुर्गम गाउँ लाप्राकमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विक्रमकुमार अमात्य तथा धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले बिहीबार एक समारोहका बीच वडा कार्यालयमा बत्ती बालेर विद्युत् सेवाको शुभारम्भ गरेका हुन् ।

यससँगै लाप्राकको पुरानो बस्ती तथा एनआरएनएले निर्माण गरेको गुप्सीबस्ती दुवैमा केन्द्रीय प्रसारण लाइनबाट बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रबाट हालसम्मकै सबैभन्दा टाढाको बस्तीमा विद्युत् पुर्‍याउन सफल भएको केन्द्र प्रमुख चिजबहादुर गुरुङले बताए ।

यसअघि लाप्राकमा २० किलोवाट र २६ किलोवाटका दुई लघु जलविद्युत् योजना सञ्चालनमा रहेका थिए । अब सिरानचोक गाउँपालिका–२, थालाजुङको ठूलोस्वाँरा सबस्टेसनबाट बारपाक हुँदै ११ केभी क्षमताको लाइन विस्तार भई लाप्राकमा विद्युत् पुगेको हो । सेवा प्रवाहका लागि गुप्सीपाखामा १०० केभिए र पुरानो बस्तीमा ५०–५० केभिए क्षमताका ३ वटा ट्रान्सफर्मर जडान गरिएको गोरखा वितरण केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।

केन्द्रीय लाइन विस्तारसँगै अब गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको मिनिरल वाटर प्रशोधन केन्द्र सञ्चालन गर्न सकिने वडाध्यक्ष किसान गुरुङले बताए । उनका अनुसार विद्युत्‌को अभावका कारण कुटानी–पिसानी मिल तथा काठ चिरान मिल  चलाउन कठिनाइ थियो । अब यी सेवा सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ ।

गुप्सीबस्ती र पुरानो बस्तीका गरी सात सयभन्दा बढी घरधुरीले केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा पाउनेछन् । ४ वर्षअघि सुरु भएको प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै बिहीबारसम्म ८० घरधुरीमा मिटरबक्स जडान भइसकेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३