विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गणपूरक संख्या नपुग्दा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त वार्षिक साधारणसभा स्थगित भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ र ७९/८० को १५ औँ र १६ औँ संयुक्त वार्षिक साधारणसभा २०८० चैत २९ गते बोलाएको थियो । साधारणसभाका लागि गणपूरक संख्या नपुगेकाले सभा नै स्थगित गर्नु परेको कम्पनीले जानकारी दिएको छ ।

यस साधारणसभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउने प्रस्ताव साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालक समितिको बैठक भत्ता निर्धारणको विषय पनि सभाका लागि तय गरिएको थियो । 

कम्पनीले स्थगित साधारणसभा पुनः बस्ने गरी यथाशीघ्र मिति तय गर्ने जानकारी समेत दिएको छ । कम्पनीेले लाभांश प्रस्ताव भने गरेको थिएन ।   
  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit