विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले बैतेश्वर गाउँपालिका अन्तर्गतका ग्राहकले ५३ लाख रुपैयाँ विद्युत महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएको छ । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्ने प्रक्रिया अघि बढाउने जनाएको हो ।

गाउँपालिका भित्रका ग्राहकहरूले ५२ लाख ९४ हजार रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तीन महिना भन्दा बढीको महसुल नबुझाउने ४०० ग्राहक छन् ।

सोमबार (बैशाख २५ गते) केन्द्र र बैतेश्वर गाउँपालिका संग संयुक्त बैठक बसेर बैतेश्वर गाउँपालिका भित्र महसुल नबुझाउने ग्राहकलाई तत्काल महसुल राजस्व जम्मा गर्न लगाउने निर्णय भएको पनि केन्द्रले जनाएको छ । महसुल नबुझाउने सबैभन्दा बढी वडा नम्बर–१ र वडा नम्बर–६ रहेको पाइएको छ ।

बारम्बार ताकेता गर्दा पनि महसुल बुझाउन नआएपछि पालिकाको सहकार्यमा महसुल असुल गर्ने निर्णय भएको केन्द्र प्रमुख इन्जिनियर मेघनाथ ढकालले बताए । उनका अनुसार ग्राहकहरू ३ हजारदेखि एक लाख ८२ हजार रुपैयाँसम्म बुझाउन बाँकी छ ।

पालिकाले बाँकी बक्यौता तत्काल तिर्न पहल गर्ने तथा वडालाई समेत निर्देशन दिने गाउँपालिका अध्यक्ष छबि लामाले बताए । उनका अनुसार पालिका अन्तर्गतका पोल, ट्रान्सर्फमर, तार लगायतको प्रतिवेदन १५ दिनभित्र तयार पारि प्राधिकरणमा पेश गरिनेछ ।

प्राधिकरणले जिर्ण र जोखिमपुर्ण संरचना सुधार र अत्यावश्यक लाईन विस्तारलाई प्राथमिकीकरण गरी एक वर्षभित्र वितरण लाइन गुणस्तर बनाइनेछ ।

केन्द्र र पालिकाबीच विद्युत चोरी नियन्त्रण गर्नको लागी गाउँपालिकाको तर्फबाट विद्युत चोरी गर्नेलाई सामाजिक बहिष्कार तथा कानुनी कारबाही गर्नेलगायतका विषयमा सहकार्य भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit