विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको गल्कोट नगरपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएको छ । केन्द्रले करिब डेढ किलोमिटर लामो ११ केभी लाइन निर्माण गरी सेवा विस्तार गरेको हो ।

नगरपालिकाको वडा नम्बर–१ दुधिलाभाटिको ज्यामिरेदेखि आलेडाडासम्म ११ केभी लाइन विस्तार गरी आज (बुधबार) देखि चार्ज गरिएको वितरण केन्द्र प्रमुख शिवनारायण गोशेलीले बताए । ‘लाइनबाट आलेडाडा र गाउँटोलमा ५०/५० केभिएका २ वटा वितरण ट्रान्सफरमर राखेर सेवा विस्तार गरेका छाैं ,’ उनले ऊर्जा खबरसँग भने, ‘करिब ९६ वटा वितरण पोल ठड्याएर सेवा विस्तार गरिएको छ ।’ 

विद्युत सेवा विस्तार गर्दा मैतेदास, पथ्थरे, डाडाँटोल, गाउँटोलका करिब १८० घरधुरि प्रत्यक्ष लाभान्वित भएका छन् । यसअघि यो क्षेत्रमा १७ किलोवाटको लघु जलविद्युतबाट विद्युत वितरण भइरहेको थियो । तर, पछिल्लो सयम क्षमता घटेर ९ किलोवाट मात्र विद्युत उत्पादन भइरहेको छ ।

क्षमता घटेपछि यस ठाउँमा ३ वटा मात्र बत्ती बाल्न पाउने नियम थियो तर अहिलो त्यो नियम हटेपछि स्थानीय हर्षित भएको छन् । गाउँमा प्रणालीको विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् ।

यो जिल्ला अन्तर्गत ६ वटा गाउँपालिका र ४ वटा नगरपालिका छन् । जिल्लाका ६ पालिकामा पूर्ण विद्युतीकरण भइसकेको छ । विद्युत पहुँच पुग्न बाँकी तमनखोला र निसी खोला गाउँपालिकामा पनि चालु वर्षभित्र विद्युत सेवा विस्तार गरिनेछ ।

ढोरपाटन नगरपालिका र बढीगाड गाउँपालिाकामा ५० प्रतिशत विद्युतीकरण भइसकेको  छ । वितरण केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने ३० हजार ८३ ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit