विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

स्थानीयबासीका लागि मध्यभोटेकोसीको सेयर पुनः निष्कासन तथा बिक्री खुल्ला

२०७८ साउन ५

काठमाडैं । सिन्धुपाल्चेकमा १०२ मेगावाटकाे मध्यभेटेकेसी जलविद्युत् अयाेजना निर्माण गरिरहेरकाे मध्यभेटेकाेसी जलविद्युत् कम्पनीले स्थानीयबासीका लागि छुट्ट्याएकाे सेयर पुनः निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । काेरेना महामारी तथा अन्य प्राविधिक समस्याका कारणा बन्द गरिएकाे सेयर निष्कासन साउन ५ गतेदेखि खुल्ला गरिएकाे हाे ।

कम्पनीले अयाेजना प्रभावितबाहेक स्थानीयबासीका लागि छुट्ट्याएकाे ६० लाख कित्ता सेयर गत बैशाख २१ गते निष्कासन गरिएकाे थियाे । तर, विविध कारणले २४ गते बिक्री बन्द गरिएकाे थियाे । उक्त परिमाणबराबरकाे सेयर मंगलबारदेखि पुनः खुल्ला गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबीसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) का बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक जिल्लाका अन्य क्षेत्रमा स्थायीबासीका लागि उक्त सेयर छुट्ट्याइएकाे हाे ।

पुनः निष्कासन गरिएकाे सेयर छिटाेमा साउन १७ गतेसम्म र ढिलोमा साउन ३२ गतेसम्म बन्द हुनेछ । यस निष्कासनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

निष्कासनका लागि सिन्धुपाल्चोकमा ३६ वटा र काठमाडौंमा ७ वटा संकलन केन्द्र तोकिएकाे छ । उक्त स्थानहरूबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने पनि कम्पनीले जनाएकाे छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूमार्फत पनि आवेदन बुझाउन सकिनेछ ।

यसका अलावा इसेवा, अइएमइ पेके अनलाइन पेमेन्ट गेट वे एवं निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट अनलाइन आवेदन दिने सकिने व्यवस्थासमेत गरिएको छ । कम्पनीले प्रथम चरणको सार्वजनिक निष्कासनअन्तर्गत कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, सेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था सञ्चय कोषका कर्मचारीहरूलाई आर्थिक वर्ष २०७५/०७६ मा निष्कासन गरी २०७५ पुस ४ गते बाँडफाँड गरेकाे थियाे ।

कम्पनीका अनुसार द्वितीय चरणको स्थानीय बासिन्दातर्फको सार्वजनिक निष्कासनअन्तर्गत गत बैशाख २१ गतेदेखि २३ गतेसम्म गरी तीन दिन सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दा एवं प्रभावित क्षेत्रबाहेकका बासिन्दाहरूले आवेदन दिइसकेकाे भए यस पटक पुन: आवेदन दिनुपर्दैन ।

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit