images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाट सौर्य आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । गाेल्यान समूहकाे कम्पनी प्योर इनर्जी प्रालिले निर्माण गरेकाे आयोजनाले आइतबार (मंसिर २४ गते) देखि उत्पादन परीक्षण सुरु गरेको हो ।

बाँकेमा निर्माणाधीन २० मेगावाटका दुई आयोजनामध्ये पहिलो भाग अर्थात बाँके–१ सौर्य आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण थालेको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत् १५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । यो आयोजनाबाट पनि वार्षिक २० हजार २ सय ३४ मेगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

प्राधिकरणसँग सन् २०२१ डिसेम्बरमा नै विद्युत् खरिद सम्झौता (पिपिए) भएकाे थियो । पिपिए लगत्तै आयोजनाको निर्माण सुरु गर्ने योजना भए पनि कोभिड–१९ महामारीलागायतका कारणले गर्दा प्रभावित भएको थियाे । आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा पिपिए गरेको छ ।

समूहकै १० मेगावाटको बाँके–२ सौर्य विद्युत् आयोजनाले २०७९ चैत २३ गतेदेखि नै विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाबाट वार्षिक २० करोड  ३ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न करिब ११५ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा नबिल बैंकले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी स्वपूँजी लगानी छ ।

गोल्यान समूहले यी आयोजनासँगै थप ४० मेगावाट सौर्य आयोजना अघि बढाएको छ । अहिले समूहसँग ६० मेगावाट बराबरका सौर्य विद्युत् आयोजना छन् । यो समूहको जलविद्युतमा पनि लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit