विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको ‘ड्राइ टेष्ट’ पूरा गरी ‘वेट टेष्ट’ सुरु भएको हो ।

लामो समयको बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण पश्चात बुधबार (पुस २७ गते) देखि पानीले टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु गरेको आयोजनाको प्रवर्द्धक साहस ऊर्जा कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार आयोजनाको अन्य संरचनाको परीक्षण लामो समयदेखि भइरहेको थियो ।

‘आयोजनाको वेट टेष्ट सम्पन्न गर्न करिब एक साता लाग्छ’ उनले ऊर्जा खबरसँग भने, ‘वेट टेष्टमा केही समस्या आएन भने एक साताभित्र ८६ मेगावाट विद्युत प्रणालीमा थपिनेछ ।’ प्रणालीमा जोडिएको दुई सातासम्म प्राधिकरणलाई निशुल्क विद्युत दिइनेछ । त्यसपछि व्यापारीक उत्पादन सुरु हुनेछ ।

यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाई, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।

सोलु खोला बेसिनमा सोलु–दूधकोसी बाहेक ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायतका आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit