विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित तिला गाउँपालिको ४ नम्बर वडाका ५ सय घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न लागेको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले वितरण लाइन विस्तार गरी वडाको सापुल्ली र नुवाकोट गाउँमा विद्युत पहुँच पुर्याउन लागेको हो ।

गाउँमा विद्युत पहुँच पुर्याउन सापुल्लीदेखि नुवाकोटसम्म वितरण लाइन विस्तारको काम धमाधम भइरहेको वितरण केन्द्र प्रमुख नरेश रावलले बताए । उनका अनुसार विद्युत पहुँच विस्तार हुँदा सापुल्ली गाउँका करिब ३ सय घरधुरीले राष्ट्रिय प्रणालीको सेवा पाउने छन् । नुवाकोट गाउँका २ सय घरधुरीमा पनि विद्युत पहुँच पुग्नेछ ।

‘जुम्लामा ६ महिनाअघि मात्रै पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘सबै स्थानीय तहमा विद्युतीकरण विस्तार गर्ने योजना अनुरुप अहिले सापुल्ली र नुवाकोट गाउँमा लाइन विस्तारको काम भइरहेको छ ।’

उनले विद्युत मिटर वितरण गरेपछि स्थानीयबासीलाई राष्ट्रिय प्रणालीको विद्युत सेवा दिन सुरु गरिने पनि उनले बताए । यस्तै, जिल्लाको तातोपानी गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विद्युतीकरण विस्तार गर्न ठेकेदार छनोटको प्रक्रियामा रहेको रावलले जानकारी दिए ।

ठेकेदार छनोटको चरण पूरा भएपछि २ वडाको सर्मी, सुर्की र ताम्ती गाउँमा वितरण लाइन विस्तार कार्य सुरु हुनेछ । ठेकेदार छनोटको प्रक्रिया पूरा गरी वितरण लाइन विस्तारको काम सुरु गर्न अझै २ महिना लाग्ने पनि उनले बताए ।

जिल्लाका तातोपानी र तिलामा सञ्चालित अधिकांश लघुजलविद्युत आयोजना गत बर्खाको बाढीले क्षतिग्रस्त बनेर सञ्चालनमा आउन नसकेका कारण स्थानीयले विद्युतीकरण विस्तार गर्न प्राधिकरणसमक्ष माग राख्दै आएका थिए । बाढीले क्षतिग्रस्त लघुजलविद्युत आयोजनाको पुनर्निर्माण नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् ।

बजेट अभावमा बाढीले भत्किएका लघुजलविद्युतको संरचना पुनर्निर्माण नहुँदा स्थानीयले राष्ट्रिय प्रसारण प्रणालीको सेवा विस्तारको माग गर्दै आएका छन् । विद्युतीकरण विस्तारको माग गर्दै नेकपा माओबादी केन्द्रका संघीय सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाबासीले प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि बाजा गाजासहित प्रदर्शन गरेका थिए । जिल्लामा पूर्ण विद्युतीकरण गर्न प्रसारण तथा वितरण लाइनको निर्माण एवं विस्तार हुनुपर्ने  जुम्लाबासीकाे माग छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit