विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर मादी हाइड्रो पावर लिमिटेडले माघ ९ गतेदेखि करिब साढे १७ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १७ लाख ४३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन गरिएकाे थियाे र दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागिएकाे हाे।

कम्पनीको जारी पूँजी २ अर्ब १० करोडको १० प्रतिशत अर्थात २१ करोड रकम बराबरको सय रुपैयाँ अंकित २१ लाख कित्ता साधारण सेयर मध्येको १० प्रतिशत हुन आउने अर्थात २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरिएको र ५ प्रतिशत हुन आउने अर्थात १ लाख ५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको, २ प्रतिशत हुन आउने अर्थात ४२ हजार कित्ता सेयर कम्पनीको कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले छिटोमा माघ १२ गतेसम्म र ढिलोमा माघ २३ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्युनत्तम १० कित्ता देखि ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit