विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौै । म्याग्दीको घारखोलामा निर्माणाधीन १४ मेगावाटाको घारखोला जलविद्युत आयोजनाको काम ९२ प्रतिशत पुरा भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले २०७५ सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम सकिन लागेकाे हाे ।

निर्माणाधीन आयोजनाको सिभिल संचनाको काम ९७ प्रतिशत सकिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । उनका अनुसार बाँध क्षेत्रकाे काम सम्पन्न भएकाे छ । सुरुङकाे पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेकाे छ ।

यस्तै, विद्युतगृहमा उपकरण जडानकाे काम भइरहेकाे छ । आगामी चैतभित्र सबै काम पूरा गरी उत्पादन सुरु गर्ने याेजना रहेकाे देवकाेटाले बताए । उत्पादन हुने विद्युत ८ किलाेमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेनमा जोडिनेछ । सबस्टेसनसम्मकाे आवश्यक लाइनकाे काम माघभित्र पूरा हुने कम्पनीले जनाएकाे छ । दाना सबस्टेसको काम पनि फागुनभित्रमा सम्पन्न हुनेछ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएका आयोजनाबाट पुसभित्र नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरणा आयातमा प्रभाव लगायत विविध कारणले तालिका सरेकाे  देवकोटाले बताए । पछिल्लाे तालिका अनुसार आयोजनबाट २०७९ चैतभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइएमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit