विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन ५७.३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत आगामी २०८० असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको विद्युत प्रणालीमा जोडिने लागेको हो ।

आयोजनाको सबै काम पूरा गरेर ५ महिनाभित्र प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको प्रवर्द्धक सान्जेन जलविद्युत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माथिल्लो सान्जेनको भने विद्युत चैतभित्र नै प्रणालीमा जाेड्ने लक्ष्य छ ।

९९ प्रतिशत सिभिल काम पूरा भएको आयोजनाको समग्रमा ९६ प्रतिशत निर्माण पूरा भएको कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तिय विवरणमा उल्लेख छ । आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको अन्तिम चरणको काम तिव्र गतिमा भइरहेको छ ।

२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको काेरोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला भएको हो ।

यस्तै,  सान्जेनको सिभिल काम ९३ प्रतिशत र समग्रमा ८८.५ प्रतिशत पूरा भएको छ । यो आयोजनाको निर्माण पूरा गरी २०८० असारभित्र उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

अब कुनै अवरोध नभए दुवै आयोजनाको काम निर्धारित तालिकामा नै पूरा हुनेछ । दुवै आयोजनाको अहिले सिभिल, इलेक्ट्रोमेकानिर, हाइड्रोमेकानिकल उपकरणलगायतका काम भइरहेको छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम प्रभावित हुँदै आएको थियो ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसन जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम पूरा भएको छ  । लाइनमा २० वटा टावर खडा गरिएको छ ।

सान्जेन निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, निर्माणमा भएको ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit