विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गर्न सर्वसाधारणबाट पुँजी जुटाउने क्रम बढेसँगै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्वीकृतिका लागि धितोपत्र बोर्डमा दिने कम्पनीहरूमा जलविद्युत् क्षेत्रको वर्चस्व देखिएको छ । बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल ३४ वटा जलविद्युत् कम्पनीहरू आइपिओ स्वीकृतिको पर्खाइमा रहेका छन् । 

यी कम्पनीले स्थानीय प्रभावित बासिन्दा र सर्वसाधारणका लागि गरी कुल १७ अर्ब ५० करोड ३१ लाख ५ हजार ४३६ रुपैयाँ बराबरको १७ करोड १४ लाख ८३ हजार ७३६ कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति मागेका हुन् ।

बाेर्डले जारी गरेको गत जेठ २२ गतेसम्मको आइपिओ आवेदन सूचीअनुसार सबैभन्दा धेरै कित्ता सेयर निष्काशनका लागि सिउरी न्यादी पावर लिमिटेडले आवेदन दिएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको छ । यसको प्रस्तावित निष्कासन रकम ३ अर्ब ३ करोड ६ लाख ७८ हजार ४०० रुपैयाँ छ । कम्पनीले २०८१ वैशाख १८ गते स्वीकृतिका लागि आवेदन दिएको हाे ।

त्यस्तै, रघुगंगा हाइड्रोपावर लिमिटेडले १ करोड ५० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ । कम्पनीको प्रस्तावित निष्कासन रकम १ अर्ब ५० करोड रुपैयाँ छ । स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको यो आइपिओका लागि कम्पनीले २०८३ जेठ ८ गते आवेदन दिएको हाे ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले १ करोड २३ लाख कित्ता अर्थात् १ अर्ब २३ करोड रुपैयाँ बराबरको आइपिओका लागि आवेदन दिएको छ । कम्पनीको आवेदन २०८१ मंसिर ११ गते परेको हो । त्यस्तै, मेवा डेभलपर्स लिमिटेडले १ करोड १२ लाख कित्ता अर्थात् १ अर्ब १२ करोड रुपैयाँको आइपिओ निष्कासनका लागि आवेदन दिएको छ । मेवा डेभलपर्सको आवेदन २०८१ फागुन ९ गते परेको हो ।

भिजन इनर्जी एन्ड पावर लिमिटेडले ८३ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ, जसको प्रस्तावित रकम ८३ करोड रुपैयाँ छ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले ८१ लाख २५ हजार कित्ता अर्थात् ८१ करोड २५ लाख रुपैयाँको आइपिओका लागि आवेदन दिएको छ । त्यस्तै निलगिरि खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ७९ लाख २० हजार कित्ता अर्थात् ७९ करोड २० लाख रुपैयाँको सेयर निष्कासन प्रस्ताव गरेको छ ।

पिपुल्स इनर्जी लिमिटेडले ६६ लाख कित्ता सेयर अर्थात् ६६ करोड रुपैयाँ बराबरको आइपिओका लागि आवेदन दिएको छ । ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले ५८ लाख ३० हजार कित्ता अर्थात् ५८ करोड ३० लाख रुपैयाँको सेयर निष्कासन गर्न अनुमति मागेको छ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ लाख १५ हजार कित्ता अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको आइपिओ प्रस्ताव गरेको छ ।

झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५१ लाख कित्ता अर्थात् ५१ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि आवेदन दिएको छ । मादमे खोला हाइड्रोपावर लिमिटेडले २६ लाख कित्ता अर्थात् २६ करोड रुपैयाँ र हिम रिभर पावर लिमिटेडले ३९ लाख ६२ हजार ५०० कित्ता अर्थात् ३९ करोड ६२ लाख ५० हजार रुपैयाँको सेयर निष्कासन प्रस्ताव गरेका छन् ।

त्यस्तै, अपर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले २८ लाख ५७५० कित्ता अर्थात् २८ करोड ५७ लाख ५० हजार रुपैयाँको आइपिओका लागि आवेदन दिएको छ । अपर मकालु हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यीमध्ये क्रमशः २६ करोड, २४ करोड र २४ करोड रुपैयाँ बराबरका सेयर निष्कासन प्रस्ताव गरिएको छ ।

मादमे खोला हाइड्रोपावर लिमिटेडको आवेदन २०८१ साउन १३ गते परेको हो भने कम्पनीले जारी पुँजीको २० प्रतिशत हुने गरी निष्कासन आकार बढाएको विवरण बोर्डमा अद्यावधिक गरेको छ । हिल्टन हाइड्रो इनर्जी लिमिटेडले १७ लाख कित्ता अर्थात् १७ करोड रुपैयाँको आइपिओका लागि आवेदन दिएको छ । कम्पनीले पनि जारी पुँजीको २० प्रतिशत हुने गरी निष्कासन आकार बढाएको बोर्डको विवरणमा उल्लेख छ ।

पुवा खोला–१ हाइड्रोपावर लिमिटेडले २० लाख ७० हजार कित्ता अर्थात् २० करोड ७० लाख रुपैयाँको आइपिओका लागि आवेदन दिएको छ । कम्पनीले यसअघि नेटवर्थ प्रतिकित्ता ९० रुपैयाँभन्दा माथि पुगेपछि पुनः आवेदन दिएको बोर्डको विवरणमा उल्लेख छ । त्यस्तै, आशुतोष इनर्जी लिमिटेडले १२ लाख कित्ता अर्थात् १२ करोड रुपैयाँको आइपिओ प्रस्ताव गरेको छ ।

नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले ३० लाख ६ हजार २०२ कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २१८ रुपैयाँ प्रिमियमसहित सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने प्रस्ताव गरेको छ, जसको कुल निष्कासन रकम ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँ रहेको छ ।

आरती पावर कम्पनी लिमिटेडले ३६ लाख कित्ता अर्थात् ३६ करोड रुपैयाँको आइपिओका लागि आवेदन दिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेडले ४७ लाख ४५ हजार कित्ता अर्थात् ४७ करोड ४५ लाख रुपैयाँको सेयर निष्कासन प्रस्ताव गरेको छ । अर्बिट इनर्जी लिमिटेडले ४० लाख कित्ता अर्थात् ४० करोड रुपैयाँको आइपिओका लागि आवेदन दिएको छ भने कम्पनीले पछि निष्कासन आकार जारी पुँजीको २० प्रतिशतमा घटाएको विवरण बोर्डमा बुझाएको छ ।

यसैगरी काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले ४१ लाख २५ हजार कित्ता अर्थात् ४१ करोड २५ लाख रुपैयाँको आइपिओ निष्कासनका लागि आवेदन दिएको छ । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले २० लाख २० हजार कित्ता अर्थात् २० करोड २० लाख रुपैयाँ र संयुक्त ऊर्जा लिमिटेडले ४१ लाख ६० हजार कित्ता अर्थात् ४१ करोड ६० लाख रुपैयाँको सेयर निष्कासन प्रस्ताव गरेका छन् ।

एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले २४ लाख कित्ता अर्थात् २४ करोड रुपैयाँ, सेन्चुरी इनर्जी लिमिटेडले ५ लाख १० हजार कित्ता अर्थात् ५ करोड १० लाख रुपैयाँ र ह्याबिटाट पावर कम्पनी लिमिटेडले १४ लाख २० हजार कित्ता अर्थात् १४ करोड २० लाख रुपैयाँको आइपिओ निष्कासन गर्न आवेदन दिएका छन् । ह्याबिटाट पावरले पनि जारी पुँजीको २० प्रतिशत हुने गरी निष्कासन आकार अद्यावधिक गरेको छ ।

लोअर इर्खुवा हाइड्रोपावर कम्पनीको आवेदन २८ लाख ५ हजार ७५० कित्ताका लागि छ भने रिचेत जलविद्युत् कम्पनी लिमिटेडले १६ लाख ८९ हजार ५०० कित्ता अर्थात् १६ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओका लागि आवेदन दिएको छ । रिचेत जलविद्युत्‌ले पनि नेटवर्थ प्रतिकित्ता ९० रुपैयाँभन्दा माथि पुगेपछि पुनः आवेदन दिएको बोर्डको विवरणमा उल्लेख छ ।

चम्पावती हाइड्रोपावर लिमिटेडले १६ लाख कित्ता अर्थात् १६ करोड रुपैयाँ, एलसी इनर्जी लिमिटेडले ६ लाख कित्ता अर्थात् ६ करोड रुपैयाँ र ह्वाइट लोटस पावर लिमिटेडले १२ लाख १९ हजार कित्ता अर्थात् १२ करोड १९ लाख रुपैयाँको आइपिओ निष्कासनका लागि आवेदन दिएका छन् ।

काबेली हाइड्रोपावरबाहेक साभापोखरी हाइड्रोपावर लिमिटेडले १० लाख ७५ हजार कित्ता अर्थात् १० करोड ७५ लाख रुपैयाँ र सुपर हेवा पावर कम्पनी लिमिटेडले १९ लाख २५ हजार कित्ता अर्थात् १९ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओका लागि आवेदन दिएका छन् । यी दुवै कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्न आवेदन दिएका हुन् ।

यसरी हेर्दा सेबोनको आवेदन सूचीमा रहेका ३४ जलविद्युत् कम्पनीमध्ये केहीले लामो समयदेखि स्वीकृतिको प्रतीक्षा गरिरहेका छन् भने पछिल्लो समय आवेदन दिएका कम्पनीसमेत प्रक्रियामा थपिएका छन् । सूचीमा कतिपय कम्पनीको आवेदनपछि बोर्डबाट टिप्पणी भएको, थप कागजात तथा अनुपालन प्रतिवेदन मागिएको, पुनः आवेदन परेको वा निष्कासन आकारमा परिवर्तन गरिएको विवरणसमेत छ ।

समग्रमा यी ३४ जलविद्युत् कम्पनीले प्रस्ताव गरेको सेयर स्वीकृत भएर निष्कासनमा आएमा जलविद्युत् आयोजनाहरूले सर्वसाधारणबाट ठूलो परिमाणमा इक्विटी पुँजी जुटाउनेछन् । यसले आयोजना निर्माण तथा विस्तारका लागि पुँजी बजारमा जलविद्युत् कम्पनीहरूको निर्भरता र सक्रियता उच्च रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३