विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक वर्षको समयावधि (बैशाख–चैत) मा निजी ऊर्जा उत्पादकहरूले ५५२ मेगावाटभन्दा बढी बिजुली केन्द्रीय प्रणालीमा थप गरेका छन् । चालू वर्षको चैतसम्म उक्त परिमाणको विद्युत थपिएको हो ।

पछिल्लो दशकमा जलविद्युत तथा सोलारबाट विद्युत उत्पादन भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने क्रम बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५५२.११९ मेगावाटका ३२ विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएका छन् ।

निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलू दूधकोसीदेखि १ मेगावाट क्षमतासम्मका सौर्य र जलविद्युत आयोजनाको बिजुली प्रणालीमा थपिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार ५२३.३१९ मेगावाटका २७ जलविद्युत र २८.८ मेगावाटका ४ सौर्य आयोजनाबाट उत्पादन सुरु भएको छ ।

सञ्चालनमा आएका आयोजनाहरूमध्ये १५७.४७० मेगावाटका ९ आयोजनाको भने परीक्षण उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । परीक्षण भइरहेका मध्ये १८.८ मेगावाटका तीन सौर्य र बाँकी १३८.६७ मेगावाटका ६ जलविद्युत आयोजना छन् ।

प्राधिकरणका अनुसार चैत मसान्तसम्म नेपालको कुल विद्युत उत्पादन जडित क्षमता २५३२.३६ मेगावाट पुगेको छ । यसमा प्राधिकरणको ६६१.३४ मेगावाट, प्राधिरकणका सहायक कम्पनीहरूको ४७८.१० मेगावाट र निजी क्षेत्रको १३९२.९२ मेगावाट छ । हाल परीक्षण उत्पादनमा रहेका ९ आयोजनाको कूल १५७.४७ मेगावाटसमेत गरी अहिलेसम्म केन्द्रीय प्रणालीमा कूल जडित क्षमता २६८९.८३ मेगावाट पुगेको छ ।

प्राधिकरणले आगामी ३ महिना अर्थात चालू आर्थिक वर्ष (आव) २०७९/८० को असार मसान्तसम्ममा थप १२४.६९५ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । आवको साउनदेखि हालसम्म ४९६.७१९  मेगावाटका २८ आयोजनाको विद्युत प्रणालीमा जोडिसकेको छ । यो आर्थिक वर्षको अन्तसम्ममा उत्पादन हुनेलाई समेत जोड्ने हो भने अब नेपालको विद्युत जडित क्षमता २८१४.५२५ हुनेछ ।

आगामी असारसम्म ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए, १४.३ मेगावाटको माथिल्लो मालुन, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ३.२ मेगावाटको गेलुङ, ४.८ मेगावाटको खोरुङगा खोला, ०.९७५ मेगावाठटको इदी खोला, १०.३ मेगावाटको डाउन पिलुवा ३३.४ मेगावाटको लिखु–२, ४.७ मेगावाटको माथिल्लो चिर्खुवा, ५.८ मेगावाटको माथिल्लो फवाले उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

यसैगरी, ८ मेगावाटको दुवही सोलार, १० मेगावाटको बाँके ब्लक सोलार–१ र ८ मेगावाटको भृकुटी पिभी सौर्य आयोजनाले उत्पादन गर्ने प्राधिकरणको पक्षेपण छ ।

२०७९ सालमा प्रसारण लाइनमा जाेडिएका आयोजनाहरू

क्रस कम्पनी आयाेजना क्षामता मिति कैफियत
सुरी खाेला हाइड्रो पावर प्रालि सुरी खाेला ६.४ २०७९/०१/१८  
न्यादी हाइड्रो पावर लिमिटेड न्याली खाेला ३०    
हिमालय ऊर्जा विकास कम्पनी लि माथिल्लो खिम्ती    १२  २०७९/०२/०४  
हिमालय ऊर्जा विकास कम्पनी लि  माथिल्लो खिम्ती २ ७    २०७९/०२/७  
अपि पावर कम्पनी लि  सिमरा     २०७९/०४/०८ साेलार
नेशनल सोलार पावर कम्पनी ग्रिड कनेक्टेड सोलार   २०७९/०५/२७ साेलार
हिमालयन पावर पार्टनर प्रालि दोर्दी खोला   २७  २०७९/०६/१४  
आशुतोश इनर्जी प्रालि चेपे खोला   ८.६३   २०७९/०६/१६  
दोर्दी खोला जलविद्युत कम्पनी दोर्दी–१   १२ २०७९/०६/१४  
१० सल्दी पावर कम्पनी  सल्दी खोला  ०.९९९   २०७९/०७/०१  
११ नेपाल सोलार फार्म प्रालि सोम राधा कृष्ण     २०७९/०७/१४ साेलार
१२ स्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लि   तल्लो लिखु   २८.१   २०७९/०७/१९  
१३ बलेफी हाइड्रो पावर लि   माथिल्लो बेलफी ए   ३६ २०७९/०८/०६  
१४ पिपुल्स पावर लि पुवा २  ४.९६   २०७९/०८/१२  
१५ लिवर्टी हाइड्रो पावर प्रालि   माथिल्लो दोर्दी ए   २५ २०७९/०८/१७  
१६ मिडिल मोदी हाइड्रो पावर    मध्य मादी    १८ २०७९/०९/०८  
१६ मिड सोलु हाइड्रो पावर कम्पनी प्रालि मध्य सोलु खोला   ९.५  २०७९/०९/१५  
१८ कालंगा हाइड्रो प्रालि कालंगा गाड   १५.३३  २०७९/१०/२७  
१९ सानीगाड हाइड्रो प्रालि माथिल्लो कालंगा गाड   ३८.४६   २०७९/११/०६  
२० साहास ऊर्जा लिमिटेड  सोलु दूधकोसी    ८६ २०७९/११/१७  
२१ विकास हाइड्रो पावर कम्पनी माथिल्लो माछा ४.५५  २०७९/११/१७  
२२ मेन्छियाम हाइड्रो पावर प्रालि माथिल्लो पुवा खोला २  ४.७२    २०७९/११/२२  
२३ मकरी गाड हाइड्रो पावर प्रालि  मकरी गाड  १०   २०७९/११/२७  
२४ माया खोला हाइड्रो पावर  माया खोला   १४.९  परीक्षण  
२५ राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रसन प्रालि रुकुम   परीक्षण  
२६ सुपर मादी हाइड्रो  पावर लि  सुपर मादी    ४४   परीक्षण  
२७ गाउँघर उज्यालो साना हाइड्रो पावर कम्पनी प्रालि घट्टे खोला ०.९७०  परीक्षण  
२८ पिपुल्स हाइड्रो पावर कम्पनी      सुपर दोर्दी   ५४ परीक्षण  
२९ सौर्य विद्युत पावर प्रालि  ग्रिड कनेकटेड सोलार   परीक्षण साेलार
३० जीआइ सोलार प्रालि ग्रिड कनेक्टेड सोलार  ६.८ परीक्षण साेलार
३१ बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालि माथिल्लो सोलु १९.८ परीक्षण  
३२ प्योर इनर्जी प्रालि सोलार बाँके ब्लक २   १० परीक्षण साेलार
  जम्मा   ५५२.११९    

स्राेत ः नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit