विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन् । आज (बुधबार) मन्त्रालयमा भएकाे भेटमा दुई देशबिचको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । 

भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णाेद्धारमा अष्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन् । उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन् । उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।  

 मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन् । नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूत वाइजरले अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी दिनमा जलविद्युतको क्षेत्रमा सहकार्य गर्न सकिने बताए । उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत ऊर्जा प्रयोग भएको बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit